हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार « Khabarhub

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । 

गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको बैसरी–हल्लेखर्क–पोखरेबगर खानेपानी योजनामार्फत २४ र गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कुरमुनीका १६ घरमा खानेपानी वितरण गरेको हो । 

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले करिब रु ४० लाखको लागतमा हल्लेखर्क र कुरमुनीका ४० घरपरिवारलाई फरक-फरक योजनामार्फत मिटर जडित निजी धारामार्फत घरघरमा खानेपानी वितरण भएको जानकारी दिए । 

‘करिब रु २९ लाख बजेटमा सुन्दर सेवा निर्माण प्रालि पोखराले हल्लेखर्क र बैसरीमा निर्माण गरेको २७ मध्ये २४ वटा धारामा खानेपानी सञ्चालन भएको छ’, उनले भने, ‘पाइपलाइन नपुगेकाले यसपालि पानी वितरण नभएका बैसरीका तीन र पोखरेबगरका ९८ धारामा नयाँ आर्थिक वर्षको बजेटबाट पानी वितरण गर्ने व्यवस्था मिलाउँछौँ ।’ 

धाराका साथै १०÷१० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्याङ्की, दुई वटा डिसी निर्माण भएको छ । खरीको मुहानबाट यसअघि नै ल्याइएको पानीलाई ट्याङ्कीमा हालेर व्यवस्थित हिसाबले वितरणको व्यवस्था मिलाइएको हो । 

घरघरमा खानेपानी आपूर्ति भएपछि पानी ओसार्दा हुने झञ्जट हट्नुका साथै समयको बचत भएको हल्लेखर्कका बासिन्दा देवी खड्काले बताउनुभयो । यसअघि खानेपानी आपूर्ति नियमित नहुने र वितरण व्यवस्थित नहुँदा उपभोक्तालाई सास्ती थियो । 

कुरमुनीमा प्रदेश सरकारको रु १० लाख बजेटबाट १० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण गरेर १६ घरमा पाइपलाइन विस्तार र मिटर जडान गरेर खानेपानी वितरण भएको छ । घरघरमा धारा बनाउन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा दुई लाख विनियोजन गरेको वडा अध्यक्ष खड्काले बताए। 

कूल एक करोड १९ लाख लागत अनुमान गरिएको बैसरी–हल्लेखर्क–पोखरेबगर खानेपानी योजनाले पूर्णता पाएमा एक सय २५ घरपरिवार लाभान्वित हुनेछन् । बैसरी र अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको पोखरेबगरमा नयाँ आर्थिक वर्षमा खानेपानी वितरण गर्ने लक्ष्य छ । बैसरीमा यसअघि नै खानेपानी सङ्कलन गर्ने रिजर्भ ट्यांकी निर्माण भएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १२ : ५९ बजे

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय