टाटा सुमो काउन्टरमा यात्रुलाई हैरानी दिएको आरोपमा १० जना पक्राउ | Khabarhub Khabarhub

टाटा सुमो काउन्टरमा यात्रुलाई हैरानी दिएको आरोपमा १० जना पक्राउ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन ।

यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले १० जनालाई गरेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ बस्ने सिन्धुलीका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका सञ्जय तामाङ, कैलालीका राजु थापा रहेका छन् । त्यसैगरी पर्सा वीरगञ्जका राजिवकुमार सिंह, सिन्धुलीका नितिश राणा, सर्लाहीका रविन्द्र चौधरी, काठमाडौँ बस्ने भारत विहारका राकेशकुमार श्रीवास्तव, कीर्तिपुर बस्ने रौतहटका आकाश तामाङ, नागार्जुन बस्ने इलामका दोर्जे गुरुङ र काठमाडौँको दक्षिणकालीका राम तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त काउन्टरमा केही व्यक्तिले यात्रुलाई अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले बिहीबार सडकबाटै जबरजस्ती तानी दुःख दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ३७ बजे

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी