पोखराबाट ६ जना जुवाडे पक्राउ « Khabarhub

पोखराबाट ६ जना जुवाडे पक्राउ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ न्यूरोडस्थित नविन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

तास खेलिरहेका उनीहरूलाई नगद दुई लाख ५३ हजार पाँच रुपैयाँसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ । पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका–३ घर भई पोखरा–८ न्यूरोड बस्ने ३२ वर्षीय नविन गौचन, पोखरा–८ पृथ्वीचोक बस्ने ५४ वर्षीय सोमत तुलाचन छन् ।

त्यस्तै, पोखरा–२ अर्चलबोट बस्ने ५३ वर्षीय बिराट केसी, म्याग्दीको अन्नपूर्ण–३ घर भई हाल पोखरा–८ न्यूरोड बस्ने वर्ष ४९ वर्षीय कबिन तुलाचन, पोखरा–११ फूलबारी बस्ने ४६ वर्षीय अमित गुरुङ र पोखरा–१२ फूलबारी बस्ने ४५ वर्षीय नरकाजी गुरुङलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ५१ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२