बहुमत कुनै दलको आउँदैन, मिल्नुको विकल्प छैन | Khabarhub Khabarhub

अन्तर्वार्ता

बहुमत कुनै दलको आउँदैन, मिल्नुको विकल्प छैन

‘कांग्रेसले हामीलाई सम्मानजनक सिट नदिए एमालेलाई फाइदा हुन्छ’



काठमाडौँ – स्थानीय तहको चुनावमा गठबन्धन तहबाट धोका पाएको निष्कर्ष निकालेको एकीकृत समाजवादी पार्टीले आगामी प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि सत्ता गठबन्धनमा तालमेल गर्ने निर्णयमा छ । नयाँ गठबन्धन बन्न नसक्ने र एक्लै अघि बढ्दा परिणाम झन् कमजोर आउने भएपछि सत्ता गठबन्धनभित्र गल्ती दोहोरिन नदिने गरी आफ्नो आवाजलाई प्राथमिकतामा राख्ने गरी अगाडि बढ्ने एकीकृत समाजवादीको तयारी छ । नेकपा एकीकृत समाजवादीको अबको चुनाव तयारी कस्तो छ ? लगायतका विषयवस्तुहरुमा आधारित भएर पार्टीका उप–महासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडासँग चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

आगामी चुनावका लागि नेकपा एकीकृत समाजवादीको तयारी कस्तो छ ?
गठबन्धनमा मुख्य त तीन ओटा विषयहरू पर्दछन् । पहिलो उपयुक्त ढङ्गले सिट बाँडफाँड गर्ने विषय । दोस्रो आफ्ना एजेन्डाहरू फिक्स गर्ने र तेस्रो विजयको सुनिश्चिततालाई आधार बनाएर हिँड्ने । पाँच वर्षको राजनीतिक स्थायित्वको लागि सरकार सञ्चालनका लागि विकासको एजेन्डा, भोलि पर्न सक्ने विवादहरूमा समाधान गर्न सक्ने उपायहरू, राष्ट्रिय हितलाई प्राथमिकता दिने तरिकाहरूलाई आधार बनाएर चुनावमा जाने हाम्रो तयारी छ ।

गठबन्धनमा तपाईँहरुले कति सिट पाउने अनि कति सिटको माग गर्ने तयारी छ ?
अहिले जति भने पनि यो सबैको सहमतिमा हुन्छ । सरदरमा नेपाली कांग्रेस ४० प्रतिशतमा बस्ला । बाँकी अरु सबै ५५ वा ६० प्रतिशतमा आफ्नो क्षमता अनुसार होला । हाम्रो लागि पनि गर्ने विषय धेरै छन् । किनभने गठबन्धनको कारणले हामीले यसपाली उम्मेदवार कम दियौँ । देशभरिमा हाम्रो भोट कति छ भन्ने नै थाहा भएन । त्यसकारण नेपाली कांग्रेस ठुलो दल भएकोले त्यो कहाँ बस्छ अनि बाँकी अरू पार्टीहरूलाई आउला । त्यसबाट २० देखि २५ प्रतिशत हामी पनि त्यसको दाबेदार हौँला ।

कांग्रेसको केन्दिय समितिबाट १६५ निर्वाचन क्षेत्रबाट १०० सिट आफूले राख्ने र बाँकी ६० बाँड्ने भन्दा काँग्रेस र माओवादीले एकीकृत समाजवादीलाई सम्मानजनक स्थान देलान् भनेर आश गर्ने ठाउँ त निकै थोरै छ नि ?
गएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीलाई सम्मानजनक स्थान नदिँदा हामीले ७० देखि १०० वटा प्रमुख गुमायौँ । त्यो अनुभव उहाँहरूलाई छ । एकीकृत समाजवादी पाटी आफै अगाडि आउँछ । १२ देखि १५ लाख समानुपातिक मतादाता आजको अवस्थामा छन् भने अनुमान पनि उनीहरूले गरेका छन् । विभिन्न योजना र एजेन्डा बनायो भने यो संख्या बढ्छ भन्ने पनि थाहा छ । स्थानीय चुनावको जस्तो पेचिलो विषय पनि हैन । किनकि त्यहाँ व्यक्ति व्यक्ति.चुनाव लड्छन् । यहाँ पार्टीको झन्डा र चुनाव चिन्हका लड्छन् । त्यसैले उहाँहरूले त्यो सुधार गर्छौ भन्नु भएको छ । हामीले ५० प्रतिशत नै त मागेका छैनौँ । हामीले देशव्यापी रूपमा आफ्नो व्यक्तित्व निर्माण गरिसकेका पार्टीहरू विभिन्न पोस्टरहरू मिलाउँदा २० देखि २५ प्रतिशतमा कुनै ठाउँमा हाम्रो दाबी छ ।

सिट बाँडफाँडमा सहमति हुने सम्भावना कत्तिको छ ?
सिट अरू सबै अरूलाई दिएर आफू त्यसै बस त जनताले पनि भनेका छैनन् । त्यसैले सबैले बराबरी मिलाएर लिनु भनेर जनताले भनेका हुन् । सत्ता र शक्तिका बिच सबैको झगडा हुन्छ । राष्ट्रिय एजेन्डा धेरै ठुलो कुरा हो । जब चुनाव आयो टिकटको नै चर्चा हुने भयो । टिकटको चर्चा चलिरहँदा राष्ट्रिय एजेन्डालाई उतिकै महत्व देऊ भन्नु स्वाभाविक हो । तर टिकट नै बाँड्ने कुरामा राष्ट्रियताको कुरा हुँदैन । राष्ट्रियताका कुरा त घोषण पत्रमा आउनु पर्‍यो। काम गर्ने इच्छा शक्तिमा आउनु पर्‍यो देश । जनताको समस्याहरूलाई घोषणा पत्रमा अभिव्यक्त गर्ने र ५ वर्ष भित्र म यी यी काम गर्छु भन्ने प्रतिबद्धतामा आउनु पर्‍यो।

यदि एक्लै लड्ने हो भने त माओवादी जम्मा ८ सिट जित्न सक्षम छ । बाँकी कांग्रेस र एमालेले जित्छ भने अध्ययन रिपोर्टले देखाउँछ ? तपाईहरुलाई एक्लै १ सिट जित्न पनि मुश्किल छ नि ?
एक्लै एक्लै फलानोले जित्छ भन्ने छैन । आफ्नो कार्यकर्ताहरू यो मेरो पार्टीको हो भन्न पाइयो । किनकि सदस्यता दिइएको हुन्छ । तर जनता भनेको कसले कस्तो एजेन्डा र उसको कार्यशैलीलाई हेर्ने हो । हिजो यसले यति ल्यायो भन्नेमा हुँदैन । देशको राजनीतिको समीकरण एकाएक परिवर्तन पनि हुन सक्छ । कति वटा सिट जित्छौ भन्ने पछि चुनाव पछाडि एक्ला एक्लै सबै चुनाव लड्ने हो भने भन्न मिल्थ्यो । तर कोही कुनै पार्टी एक्लै चुनाव लड्दैन । एमाले, काँग्रेस, माओवादी एक्लै चुनाव लड्न सक्दैन जब ठुला पार्टीहरू नै एकलै लड्दैनन् भने साना पार्टीहरू पनि लड्दैनन् ।

यदि गठबन्धनमा तपाईँले मागेको सिट पाउनु भएन भने कि एमालेसँग मिल्नुपर्‍यो कि आफै चुनावमा कमजोर हुनुपर्यो ? यही विकल्प बाँकी होइन र ?
राजनीति भनेको एउटा सम्भावनाको खेल हो । यो सम्भावनाको खेलमा मै हुँ भन्ने ठुला दलहरू पनि पराजित हुन्छन् । सरकारमा जाने ठाउँ नभएसम्म ठुला दल सरकारमा नेतृत्व गर्न पाए उसले आफूलाई ठुलो देख्ने र अरूलाई सानो देख्ने हुन्छ । त्यसैले कुनै एउटा राजनीतिक दलले स्वतः सरकारमा नेतृत्व गर्न सक्दैन भने दुई चार सिट तल माथि भएर केही असर गर्दैन । हाम्रो देशको राजनीतिमा कुनै एउटा दलले बहुमत ल्याएर सरकार चल्न सक्ने आजको परिस्थिति नै छैन । त्यसैले एउटाले ८० सिट ल्याउला अर्कोले ६० सिट ल्याउला म ठुलो हुँ त भन्न त सक्ला । तर राष्ट्रका हिसाबमा कुरा उतिकै हो ।

एकीकृत समाजवादीले आवश्यकता पर्दा एक्लै चुनाव लड्ने र वामपन्थी शक्तिहरुबीच ध्रुवीकरण गर्ने निर्णय गरेको थियो । तर अहिले त्यसैमा गठबन्धनको भर पर्ने स्थिति भयो । अलि अलि डराउनुभयो कि जस्तो देखियो ?
डरको स्थिति अहिले हामीलाई भन्दा पनि ठुला पार्टीहरू काँग्रेस र एमालेलाई छ । किनभने पहिले पनि हामीले यति सिट ल्याएका थियौँ । अब २ सिट घट्यौँ भने भन्ने डर छ । तर हामी विद्रोह गरेर नयाँ युगलाई नयाँ ढङ्गले विकास गरौँ भनेर उठेका पार्टी हौँ । त्यसमा हामीलाई कुनै चिन्ता छैन । आजै हामीले सरकार बनाउने पनि हैन । तर हामी नभई अर्काले सरकार बनाउन सक्दैन भन्ने झल्झली चित्र हामीले देखेका छौँ ।

कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई पेलेरै जाने हो भने तपाईहरुले नयाँ मोर्चा बनाउने सम्भावना कति छ ?
कांग्रेसको भन्दा पनि माओवादीको पनि एक्लै हिँडेर कुनै भविष्य छैन । अहिले प्राविधिक रूपमा स्थानीय चुनावमा पेलपाल ठेलाठेल गरेर अलिकति अगाडि गए पनि रेसियोमा नेपालको जनमतबाट विस्थापित हुँदैछ । कमजोर बन्दै छ । एउटा अवसरवादी ढंगले कहिले कोसँग कहिले कोसँग मिलेर गइरहेको छ । एक्लै चुनावमा जान सक्दैन । स्थानीय तहबाट आएको भोट त्यहाँको प्रदेश र संघीय निर्वाचनको छेत्रमा माओवादी र कांग्रेसलाई नै हाल्ने वातावरण बनाउन एकीकृत समाजवादीको उम्मेदवारी हुनु जरुरी छ । यदि हाम्रो उम्मेदवारी भएन भने तल कार्यकर्ता पुरै विभाजित भैसकेको छ । त्यसको असर एमालेले पनि लिन सक्छ भन्ने उनीहरूलाई परेको छ ।

चुनावमा अब घोषणापत्रको तयारी पनि होला, के–के एजेन्डा बनाउँदै हुनुहुन्छ ?
मुलत: विकासमा न्याय समाजमा न्याय राष्ट्रिय एजेन्डा, वातावरण संरक्षणका विषयहरू जनताको जीवनस्तरलाई सुधार गर्न कुनै काम गर्न सकिएन । जनताको बिचमा न्याय विकास गर्न सकिएन भने राजनीतिक दलहरू गठन हुनु र सत्ता सञ्चालन गर्नुको औचित्य पनि कम हुन्छ । हामी त्यही विषयहरू घोषणमा पत्रमा राख्छौँ । अराजकता, काम गर्नेहरूको असफलता, आज गरेका राजनीतिक दलहरूले गरेको गल्तीलाई पनि उसले नै स्विकार्नु पर्दछ । यो स्वतन्त्रका नाटक गर्नेहरूले यो देश चलाएका पनि हैन र चलाउँदैनन् । यसले मुलुकलाई सिस्टम दिँदैन ।

समग्र देशको शासन प्रणालीभित्र उनीहरू छिर्दैनन् । त्यसैले सिस्टमबाट बाहिर भयो भने समाजलाई रूपान्तरण गर्दैनन्। त्यसैले सैद्धान्तिक र दृष्टिकोणमा क्लियर हुनु पर्‍यो। दलीय प्रणालीका स्वतन्त्रहरूको निश्चित व्यक्तिगत भूमिका हुन्छ । तर प्रणालीगत भूमिका दलीय प्रणालीबाट नै हुन्छ । सिङ्गो संविधान दलीय प्रणाली भित्र चल्छ । व्यक्तिले प्रणालीलाई परिवर्तन गर्न सक्दैन । त्यसकारण सिस्टमको आवश्यकता हुन्छ । सिस्टमको एउटा नभएसम्म त्यो स्वतन्त्र भन्ने पनि तत्कालको लागि आउँछ । लामो समय टिक्दैन । ५ वर्ष भन्दा पछाडि ऊ स्वतन्त्र भएर चुनाव लड्न सक्दैन । किनभने त्यसभित्र ‘ब्याकअप’ राजनीतिक फोर्स नै तयार हुँदैन । त्यसैले त्यसलाई मौसमी वायु भन्दा हुन्छ । उसलाई सम्मान गर्नु पर्दछ सहकार्य पनि गर्नु पर्दछ । तर यो अस्थायी हो भनेर बुझ्नु पर्दछ ।

आउने चुनावमा तपाई आफै कुन क्षेत्रबाट उठ्नुहुन्छ ?
मेरो घर उदयपुर २ हो । त्यहाँबाट नै उठ्छु । यसको लागि गठबन्धनमा छलफल भइरहेको छ । मैले गठबन्धनबाट टिकट पाउँछु भन्ने छ । तर राजनीति हो सबै कुरा आफ्नो विश्वास छ भनेर मात्रै हुँदैन ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ३८ बजे

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : प्रचण्ड

कैलाली– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

व्यावसायिक रूपमा नौमती बजाउँदै महिला

 इलाम– यहाँको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरूले

पलको गृहजिल्ला दाङ जान नपाएपछि दुर्गेशको आक्रोश- बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो

काठमाडौं- गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक

गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा

रौतहट– रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउन्ड सेवा

थापाथलीमा खानेपानीको पाइप फुट्दा बग्यो पाँच लाख लिटर पानी

काठमाडौं– थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख