भारत लोकतन्त्रको जननी हो : मोदी « Khabarhub

भारत लोकतन्त्रको जननी हो : मोदी


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत लोकतन्त्रको जननी भएको बताएका छन् । स्वतन्त्र दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त धारणा राखेका हुन् ।

भारतले सोमबार स्वतन्त्रताको ७५ वर्ष मनाउँदै छ र यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रिय झण्डा फहराएका छन् र प्रतिष्ठित लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

‘हामी बापु, नेताजी सुभाष चन्द्र बोस, बाबासाहेब अम्बेडकर, वीर सावरकरलाई धन्यवाद दिन्छौं, जसले देशको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गरे’, प्रधानमन्त्री मोदीले भने ।

प्रतिष्ठित स्मारकको पर्खालबाट लगातार नवौं स्वतन्त्रता दिवसको भाषण दिन लाल किल्लामा आइपुग्दा प्रधानमन्त्रीले अन्तर–सेवा र प्रहरी गार्ड अफ अनरको निरीक्षण गरे ।

‘यस विशेष स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’ प्रधानमन्त्री मोदीले आज बिहान ट्वीट गरेका छन् । राजघाटस्थित महात्मागान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेर स्वतन्त्र दिवसको सुरुवात भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ०९ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ