सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै « Khabarhub

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सिट बाँडफाँटका लागि बनेको सत्ता गठबन्धन कार्यदलको बैठक सोमबार बस्ने भएको छ। अपरान्ह ४ बजे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

कार्यदलका सदस्य सचिव केशव जोशीका अनुसार बैठकमा सिट बाँडफाँटको मापदण्डका विषयमा छलफल हुनेछ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा गठबन्धनका पाँच दलका दुई दुई जना सदस्य छन्। मंसिर ४ गते हुने संघीय चुनावसम्मै गठबन्धन गरेर अगाडि बढ्ने भन्दै साउन २० कार्यदल बनाएको हो।

कार्यदलले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गरे पनि निर्णयमा पुगेको छैन। स्थानीय चुनाव, संसदमा दलको प्रतिनिधित्व, २०७४ को चुनावमा दलले ल्याएका मतलगायत आधारमा सिट बाँडफाँट गर्ने गरी तयारी भइरहेको बताइएको छ।

भदौ पहिलो सातासम्ममा सिट बाँडफाँट टुंग्याउने काम गर्न कार्यदललाई आग्रह गरिएको छ। कार्यदलमाथि सत्ता गठबन्धनका शीर्ष नेतालाई समेटेर सिट बाँडफाँट गर्नुपर्ने जटिल जिम्मेवारी रहेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : २५ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ