ओली पत्नी शाक्यको जन्मदिन : असहायलाई भोजन   | Khabarhub Khabarhub

ओली पत्नी शाक्यको जन्मदिन : असहायलाई भोजन  


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले मानव आश्रममा पुगेर जन्म दिन मनाएकी छन् ।

नागार्जुनमा रहेको सो मानव आश्रममा ओलीसँगै पुगेकी शाक्यले त्यहाँ रहेका असहायलाई भोजन र दक्षिणा दिएर जन्मदिन मनाएकी हुन् । त्यस अवसरमा शाक्यले ५२ हजार नगदसमेत सहयोग गरेकी छन् ।

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद ढकाल, मानवसेवा आश्रमका अभिभावक एवम् बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, नागार्जुन नगरपालिकाका प्रशासन विभाग प्रमुख नारायण तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलहरूमा रहेका सहयोगापेक्षी  सडकआश्रितहरुको उद्धार, उपचार, पारिवारिक पुनर्मिलन एवं पुनर्मिलन हुन नसकेकाहरूको लालनपालन र संरक्षण गर्दै आइरहेको छ ।

आश्रमले करिब ७५०० जनाको उद्धार गरिसकेको छ भने आजको दिनमा सातै प्रदेशको १९ जिल्लाको २३ वटा सेवा केन्द्रमा गरि करिब १५०० जना विभिन्न उमेर समूहका व्यक्तिहरूलाई संरक्षण गरेको छ ।  

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ३५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न