कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो : मन्त्री चौधरी « Khabarhub

कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो : मन्त्री चौधरी


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही – सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।

एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिस्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरित संसदको दुई-दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिस्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।’

एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको बताउँदै मन्त्री चौधरीले थपे, ‘ठुलो पार्टी, त्यत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन । अब उसलाई किन भोट हाल्ने ? अब उसलाई किन ठुलो पार्टी बनाउने ? जनता प्रश्न गरिरहेका छन् ।’

कम्युनिस्टहरू शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध हुनुपर्ने बताउँदै सहरी विकास मन्त्री चौधरीले एकीकृत समाजवादी बृहत् कम्युनिस्ट एकताको पक्षमा रहेको धारणा राखे ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ५८ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ