कसैलाई पनि काखापाखा नगरी टिकट वितरण हुन्छ : देउवा « Khabarhub

कसैलाई पनि काखापाखा नगरी टिकट वितरण हुन्छ : देउवा


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले पार्टी गठबन्धनका साथ चुनाव लड्न लागे पनि कसैलाई काखा, कसैलाई पाखा र भेदभाव नगरी न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताएका हुन्।

देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउन सबै क्रियाशील हुनुपर्ने धारणा राखे।

गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको भन्दै देउवाले गठबन्धनका भरमा चुनाव जितिन्छ भनेर ढुक्क हुने अवस्था नरहेको जिकिर गरे । देउवाले संघीयतापछि सिंहदरबार गाउँ–गाउँमा पुराउने भनिए पनि जनता निराश देखिएकाले जनताप्रति समर्पित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए।

‘स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राम्रो परिणाम आउनेछ’, देउवाले भने। उनले स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको थियो र अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको बताए।

त्यस्तै उनले २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले एक्लै लड्दा प्राप्त परिणाम र अहिलेको परिस्थितिलाई मूल्याङ्कन गर्न सुझाव दिएका हुन्।

कांग्रेसले आफ्नो पार्टीका तर्फबाट  निर्वाचित देशभरका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ११ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको