मुग्लिन–पोखराको पश्चिम खण्डमा मुआब्जा वितरण « Khabarhub

मुग्लिन–पोखराको पश्चिम खण्डमा मुआब्जा वितरण

३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

दमौली– मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउनका लागि मुआब्जा वितरण सुरु गरिएको हो । 

उक्त खण्डका एक सय ३८ संरचना हटाउनुपर्नेमा ४२ घरका लागि ४० लाख मुआब्जा रकम वितरण गरिएको सडक योजनाका प्रमुख अमित श्रेष्ठले जानकारी दिए । एक सय ३८ संरचना हटाउनका लागि दुई करोड ४५ लाख ३९ हजार छ सय ३३ मुआब्जा वितरण गरिने उनले  बताए । 

व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायत संरचना हटाउन मुआब्ब्जा वितरण थालिएको बताइएको छ । सडकको मापदण्ड २५/२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक घरटहरा, पर्खाल लगायतका संरचना हटाउनका लागि आयोजना प्रभावितलाई क्षतिपूर्तिबापत मुआब्जा वितरण गरिएको श्रेष्ठले बताए ।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिले म्याग्देको जामुनेदेखि शुक्लागण्डकीको कोत्रेसम्मका एक सय ३८ संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको थियो । एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण सुरु भएको आयोजना प्रमुख श्रेष्ठले बताए  । 

आयोजनाले गत असार १९ गते सूचना प्रकाशित गरी संरचना धनीलाई सम्बन्धित पालिकाका वडा कार्यालयको सक्कल सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बैंक खाता नं र हालसालै खिचेको फोटो निवेदनमा टाँस गरी कार्यालयमा सम्पर्क राख्न आउन अनुरोध गरेको थियो । घरटहरा आदिका लागि क्षतिपूर्ति रकममध्ये आधा रकम पहिलो किस्ता स्वरुप लिई पहिलो किस्ताबापतको क्षतिपूर्ति रकम बुझेको मितिले एक महिनाभित्र सम्पूर्ण संरचना हटाइ सो को पुष्टि गरेपछि थप रकम भुक्तानी गरिने जनाइएको छ ।

आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ । समितिको सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकीका नगर प्रतिनिधि, म्याग्देका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ रहेका छन् ।

मुग्लिन–पोखरा राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिमखण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीले पाएको छ । उक्त कम्पनीले अहिले सडक फराकिलो बनाउने काम गरिरहेको छ । आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेतर्फ पनि सडक चौडा बनाउने काम भइरहेको छ । 

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डमा आर्थिक वर्ष २०७८/७९ को अवधिमा ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भइसकेको छ । विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । 

पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ३९ बजे

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की

नागरिकको सहयोगले जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके : आईजीपी कार्की

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण