युवा संघद्वारा फोहोर संकलन « Khabarhub

युवा संघद्वारा फोहोर संकलन


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँका विभिन्न स्थानमा फोहर संकलन गरेको छ ।

लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रूपमा फोहर संकलन गरिएको युवा संघले जनाएको छ ।

फोहोरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्य सुरु गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए।

फोहर संकलन उपत्यकाका विभिन्न स्थानमा निरन्तर चल्ने र फोहर विसर्जन गर्ने स्थलसम्म पुर्‍याइने उनले बताए। उनले फोहर विसर्जनका विषयमा यसअघि पनि विवाद भए पनि यस पटक भने यसलाई व्यवस्थापन गर्न महानगर चूकेको जस्तो देखिएको बताए।

सत्तारुढ दलहरूले नै फोहर विसर्जनमा अवरोध सिर्जना गर्न खोजेकाले सबै समस्याको समाधान राज्यले खोज्नुपर्ने पौडेलको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : ३६ बजे

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने