साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साँझ ५ बजेसम्मका मुख्य १० समाचार


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः 

१ . आसन्न निर्वाचनका लागि ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोष्ट’ गठन  

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि  गृह मन्त्रालयले  ‘केन्द्रीय कमान्ड पोष्ट’ गठन गरेको छ । गृहमन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न गर्न मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोष्ट’ बनाएको हो ।

बैठकले गृहमन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने निर्णय  भएको छ ।

त्यस्तै प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वयका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल पनि बनाउने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

२ . आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट बितरण हुन्छ : सभापति देउवा 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट बितरण गरिने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा  आज ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले पार्टी गठबन्धनका साथ चुनाव लड्न लागेपनि कसैलाई काखा, कसैलाई पाखा र भेदभाव नगरी न्यायपूर्ण तरिकाले टिकट बितरण गरिने बताएका हुन् ।

देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउन सबै क्रियाशील हुनुपर्ने धारणा राखे । गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको भन्दै देउवाले गठबन्धनका भरमा चुनाव जितिन्छ भनेर ढुक्क हुने अवस्था नरहेको जिकिर गरे देउवाले संघीयतापछि सिंहदरबार गाउँ–गाउँमा पुराउने भनिएपनि जनता निराश देखिएकाले जनताप्रति समर्पित भएर काम गर्न कार्यकर्तालाई निर्देशन  दिए । कार्यक्रममा कांग्रेसका उपसभापति धनराज गुरुङले जनताले आशंका गर्ने ठाँउ नदिएर काम गर्नुपर्ने  बताए ।

कांग्रेसले आफ्नो पार्टीका तर्फबार्ट निर्वाचित देशभरका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रम भोलि सम्पन्न हुने कांग्रेसले जनाएको छ ।  

३ . थप ८८८ जनामा कोरोना संक्रमण

 पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार १ सय ५५ पिसिआर परीक्षणका क्रममा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टीजेन परीक्षणका क्रममा ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप ४ सय ४६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७६ हजार ८३ जना निको भइसकेका छन् ।

हाल नेपालमा ५ हजार ३ सय ८७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 ४ . ‘समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिवद्ध हुने बेला आएको छ’ 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक परितर्वनसंगैं समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिवद्ध हुने बेला आएको  बताएका छन्  । काठमाडौंमा  आज आयोजित एनइए अवार्ड २०७९ बितरण कार्यक्रममा दाहालले युग सुहाउँदो नेपालको आफ्नै मोडलमा मुलुकलाई विकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सबै प्रतिवद्ध हुनुपर्ने बताएका हुन् ।

दाहालले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सबैको निम्ति चासो र चिन्ताको विषय भएको जिकिर गरे । अहिले राजनीतिक स्थायित्व , राष्ट्रिय एकताका साथ मुलुक समृद्धिको बाटोमा अघि बढोस् भन्ने सबैको चाहना रहेको उनको भनाई छ ।

दाहालले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरूलाई सदुपयोग गरेर २१ औं शताव्दीमा एकतासाथ साथ विकासको गति लिन सक्नुपर्ने उल्लेख  गरे । .कार्यक्रममा कला क्षेत्रमा समर्पित बिभिन्न व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको थियो ।

५ . इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने 

इजरायलले थप एक हजार जना नेपाली श्रमिक लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँगको भेटमा इजरायलका राजदुत खनान गोदेरले  आज यस्तो जानकारी गराएका हुन् ।

मन्त्रालयमा भएको भेटमा दुई देशबीचको श्रम सम्झौता बारे पनि छलफल भएको मन्त्री कुँवरकी प्रेस संयोजक रमा खड्काले जानकारी  दिए । भेटमा मन्त्री कुँवरले इजरायल सरकारको सहयोगप्रति गोदेरलाई धन्यवाद दिँदै आगामी दिनमा नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।

६ . ‘देशको रुपान्तरणका लागि ‘मडरेट कन्जरभेटिभ’ धारमा आउनुपर्छ’

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएकोमा आफुलाई राहत मिलेको बताएका छन् ।  

सामाजिक सञ्जाल मार्फत मिश्रले स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए आफूले राजीनामा नदिने पनि स्पष्ट पारे । देशको रूपान्तरणका लागि राजनीतिक–सामाजिक रूपमा ‘मडरेट कन्जरभेटिभ’ धारका सम्पूर्ण  समूह र पार्टीहरू एक ठाउँमा आउँदा मात्र परिवर्तन सम्भव हुने पनि उनले दाबी गरे ।

यस्तै मिश्रले विचार मिल्नेहरुलाई सम्पर्क गर्न आह्वान गरेका छन्  ।  मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै विवेकशील साझा पार्टीले समीक्षा बाँस्कोटालाई नयाँ अध्यक्ष बनाएको छ । 

. बन्चरे डाँडाका प्रभावितद्वारा आन्दोलन स्थगितको घोषणा

उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरूले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् ।

काठमाडौंमा  आज पत्रकार सम्मेलन गर्दै बञ्चरे डाँडा फोहोर ल्याडफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।

गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र  सो  टोलीले तयार पारेको प्रतिवेदन अनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी  दिए ।

उनले सरकारले गरेको निर्णयमा प्राविधिक टोलीले ३ महिनाभित्र तथ्यगत रिपोट तयार गर्ने र सो रिपोर्टको आधारमा काम अघि बढाइने उल्लेख गरे । यसैबीच फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरूविरुद्ध जाहेरी दर्ता भएको छ । नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका– १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा (एस) का वडा कमिटी अध्यक्ष भीषण धितालगायतविरुद्ध उजुरी परेको हो ।

उनीहरूविरुद्ध तोडफोड गरेको, तोडफोड गराउन अरुलाई उक्साएको भन्दै सम्बन्धित गाडी धनीहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

८ . नेप्सेमा भारी अंकले ​​​​​​​वृद्धी 

सेयर बजार परिसुचक नेप्से  आज भने भारी अंकले  बढेको छ ।  नेप्से  आज  ५५.८२ अङ्कले बढेर दुई हजार ६५.८९ विन्दुमा पुगेको हो  ।आज सबै समूहको शेयर बढेर बजार हरियो  छाएको छ ।  

नेप्सेसँगै आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय १५ वटा कम्पनीको ६० लाख २६ हजार  १ सय ९२ कित्ता शेयर दुई अर्ब ४३ करोड २९ लाख  ८४ हजार ६ सय १२ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै  आज शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँको शेयर  कारोबार भएको छ ।  

आज विकास बैंक, जलविद्युत्, फाइनानस, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज राधी विद्युत् कम्पनी, रिभल फल्स पावर, मल्टिपर्पोज फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि रिडी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ

९ . पाकिस्तानमा बाढीका कारण थप  ८ जनाको मृत्यु 

पाकिस्तानको बलुचिस्तानमा बाढीका कारण थप  आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरूको सङ्ख्या १९६ पुगेको छ ।मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन् ।

त्यसैगरी ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ । वर्षाका कारण बलुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिराले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।

प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३ सय ७७ पशु चौपायाहरू पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।बाढी पहिरोले सडक यातायात सेवा, विद्युत, सञ्चारलगायतको सेवा पनि प्रभावित भएका छन् ।

 १० . युगल किशोर राई नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त

युगल किशोर राई नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज  युगललाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको हो  ।

यस्तै विनोद डङ्गोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदिप हुमागाईँ रहेका छन् । बङ्गलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि एन्फाले उनीहरूलाई नियुक्त गरेको हो ।

नेपाली टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ ।कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईँले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा  बोलाएका  छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ०१ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र