गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित « Khabarhub

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ । 

गत १०-१७ डिसेम्बरको बीचमा आएको आँधीले आवासीय भवनहरू ध्वस्त बनाउनुका साथै शरणार्थी शिविरहरूमा क्षति पुगेको एजेन्सीले जनाएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत युएनआरडब्लुले लामो युद्ध र विस्थापनले गाजाका मानिसहरूलाई भग्नावशेष, अस्थायी आश्रय वा जीर्ण शिविरहरुमा बस्न बाध्य पारेको पुष्टि गरेको छ ।

आँधीलाई ‘प्राकृतिक प्रकोपको रूपमा वर्णन गदै यसले व्यापक विनाश र इजरायलीको नरसंहार पछि सुरक्षित आश्रयको अभावले गर्दा तिव्र क्षति भएको जनाएको छ । 

युएनआरडब्लुएका अनुसार आँधीका कारण कम्तिमा १७ वटा भवनहरू ढलेका छन् भने ४२ हजार भन्दा बढी शिविर तथा अस्थायी आश्रयहरू क्षतिग्रस्त भएका छन्, जसले गर्दा कम्तिमा दुई लाख ३५ हजार मानिसहरू प्रभावित भएको जनाइएको छ ।  

यस महिनाको सुरुमा गाजामा मौसमी प्रकोपका कारण चार बालबालिका सहित १८ जनाको मृत्यु हुनुका साथै लामो युद्धबाट थलिएका लगभग ९० प्रतिशत गाजनहरुको आश्रय स्थलहरू बाढी प्रभावित भएको जनाइएको छ । 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १ : ०१ बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री