शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुल्यो « Khabarhub

शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुल्यो


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–१ को लालीघाटमा शनिबार पहिरो जाँदा अवरुद्ध भएको थियो । 

कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने लालीघाट भीरमा पहिरो खस्दा शनिबारदेखि अवरुद्ध राजमार्ग सोमबारदेखि खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । ‘पहिराका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमितरूपमा सुचारु भएको छ’, उनले भने, ‘वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।’

कर्णाली करिडोरमा पानी पर्नासाथ ठाउँठाउँमा पहिरो जाने भएकाले सडक अवरुद्ध हुने पलाँता गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताए । ‘भिरालो ठाउँबाट सडक खनिएका कारणले सधैँ पहिरो जाने गर्छ’, उनले भने, ‘पहिराका कारणले सधैँ सास्ती हुने गरेको छ ।’

कर्णाली करिडोर स्तरोन्नति नहुँदा हिउँद र वर्षायाममा पहिरो जाँदा हुने समस्याका कारण सडक डिभिजन कार्यालय जुम्ला र हुम्लालाई सडक स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले आग्रह गरे ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : १५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने