‘दलीय असहमति मिलाउने थलो संसदीय समिति हो’ « Khabarhub

‘दलीय असहमति मिलाउने थलो संसदीय समिति हो’


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्त्वपूर्ण थलो संसदीय समिति बनेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा आज उहाँले संसद्को महत्त्वपूर्ण काम कानून निर्माणमा समितिको भूमिका प्रभावकारी भएको बताए।

“उदीयमान व्यवस्थापिकाको चाहना भनेकै संसद्लाई जीवन्त र जनमुखी बनाउनु हो”, सभामुख सापकोटाले भने, “संसद्लाई जीवन्त बनाउनेतर्फ नै मेरो सम्पूर्ण ध्यान केन्द्रित छ ।”

बजेट अधिवेशनमा २८ वटा विधेयक पारित भएको र गुणात्मक कानून निर्माणमा संसद्ले अझ बढी मेहनत गर्न आवश्यक रहेको स्पष्ट पार्दै उनले सङ्घीय संसद्का कतिपय समितिमा दोहोरोपन देखिएको भन्दै यस्ता विषयमा समीक्षा गर्नुपर्ने बताए।

गृहमन्त्री बालकृष्ण खाणले समितिले संसद्, कानून र मानव अधिकारको विषयलाई समेटेर समितिले अभ्यास र उपलब्धिलाई पुस्तकका रूपमा प्रकाशन गरेर अभिलेखीकरण गर्ने काम महत्त्वपूर्ण भएको बताए । उनले यस्ता अभ्यासले भएका दस्ताबेजहरूलाई एकीकृत रूपमा अध्ययन गर्न काम लाग्नेसमेत बताए।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले समितिले प्रकाशन गरेको पुस्तकमा समितिका अभ्यास, उपलब्धि र केही विज्ञका लेखहरू प्रकाशन गरेको भए पनि अन्य अति आवश्यक विषयहरू राख्न सकिने सुझाव दिए।

समिति सदस्यहरू देवप्रसाद गुरुङ, मीन विश्वकर्मा र शेरबहादुर तामाङले प्रकाशित पुस्तकमा समितिले गरेका महत्त्वपूर्ण कामहरू समेटिए पनि केही विषयहरू छुटेको बताएका थिए।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ५३ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको