‘दलीय असहमति मिलाउने थलो संसदीय समिति हो’ « Khabarhub

‘दलीय असहमति मिलाउने थलो संसदीय समिति हो’


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्त्वपूर्ण थलो संसदीय समिति बनेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा आज उहाँले संसद्को महत्त्वपूर्ण काम कानून निर्माणमा समितिको भूमिका प्रभावकारी भएको बताए।

“उदीयमान व्यवस्थापिकाको चाहना भनेकै संसद्लाई जीवन्त र जनमुखी बनाउनु हो”, सभामुख सापकोटाले भने, “संसद्लाई जीवन्त बनाउनेतर्फ नै मेरो सम्पूर्ण ध्यान केन्द्रित छ ।”

बजेट अधिवेशनमा २८ वटा विधेयक पारित भएको र गुणात्मक कानून निर्माणमा संसद्ले अझ बढी मेहनत गर्न आवश्यक रहेको स्पष्ट पार्दै उनले सङ्घीय संसद्का कतिपय समितिमा दोहोरोपन देखिएको भन्दै यस्ता विषयमा समीक्षा गर्नुपर्ने बताए।

गृहमन्त्री बालकृष्ण खाणले समितिले संसद्, कानून र मानव अधिकारको विषयलाई समेटेर समितिले अभ्यास र उपलब्धिलाई पुस्तकका रूपमा प्रकाशन गरेर अभिलेखीकरण गर्ने काम महत्त्वपूर्ण भएको बताए । उनले यस्ता अभ्यासले भएका दस्ताबेजहरूलाई एकीकृत रूपमा अध्ययन गर्न काम लाग्नेसमेत बताए।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले समितिले प्रकाशन गरेको पुस्तकमा समितिका अभ्यास, उपलब्धि र केही विज्ञका लेखहरू प्रकाशन गरेको भए पनि अन्य अति आवश्यक विषयहरू राख्न सकिने सुझाव दिए।

समिति सदस्यहरू देवप्रसाद गुरुङ, मीन विश्वकर्मा र शेरबहादुर तामाङले प्रकाशित पुस्तकमा समितिले गरेका महत्त्वपूर्ण कामहरू समेटिए पनि केही विषयहरू छुटेको बताएका थिए।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ५३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति