अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरी नियन्त्रणमा « Khabarhub

अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरी नियन्त्रणमा


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अवैध काठसहित तीनवटा मोटरसाइकललाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । वनजंगलबाट काठ तस्करी गरी मोटरसाइकल हालेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो ।

आइतबार राति ११ बजे दमक नगरपालिका– ३ स्थित बेलडाँगीमा २६ क्युफिट काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सिसौ जातको तीन थान गोलिया काठ बोक्ने प्र १–०१–०१५ प ६४१, को ३१ प ८२२२ र मे ९ प ९८४९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरी देख्न साथ काठ तस्करहरू काठ र मोटरसाइकल छाडेर भोगेका थिए । बरामद गरिएको काठ र मोटरसाइकल सोमबार इलाका वन कार्यालय बेलडाँगी दमक बुझाइसकेको र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ३९ बजे

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने