अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरी नियन्त्रणमा « Khabarhub

अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरी नियन्त्रणमा


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अवैध काठसहित तीनवटा मोटरसाइकललाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । वनजंगलबाट काठ तस्करी गरी मोटरसाइकल हालेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो ।

आइतबार राति ११ बजे दमक नगरपालिका– ३ स्थित बेलडाँगीमा २६ क्युफिट काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सिसौ जातको तीन थान गोलिया काठ बोक्ने प्र १–०१–०१५ प ६४१, को ३१ प ८२२२ र मे ९ प ९८४९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरी देख्न साथ काठ तस्करहरू काठ र मोटरसाइकल छाडेर भोगेका थिए । बरामद गरिएको काठ र मोटरसाइकल सोमबार इलाका वन कार्यालय बेलडाँगी दमक बुझाइसकेको र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ३९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल