बहुविवाहका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ « Khabarhub

बहुविवाहका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार कैद सजाय तोकिएका सोरु गाउँपालिका वडा नम्बर ६ जिमा बस्ने चन्द्र लावडका छोरा वर्ष ३३ का फरार प्रतिवादी पदम लावडलाई जिल्ला प्रहरी कार्यालय मुगुले ५ वर्षपछि पक्राउ गरेको हो ।

बहुविवाह गरी फरार रहेका विवाह सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मुगुबाट लावड २०७४ पुस ५ गते ११ महिना १८ दिन कैद सजाय तोकेको थियो । प्रहरीका अनुसार उनी कैद भुक्तान नगरीकन फरार रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवाष हमालले बताए ।

यस्तै ज्यान सम्बन्धी कसुर सवारी ज्यान मुद्दामा फरार रहेका छायानाथ रारा नगरपालिका वडा नम्बर ६ बालैका पूर्णबहादुर भामका छोरा वर्ष ३१ का गणेश भामलाई पनि पक्राउ गरिएको बताइएको छ ।

उनलाई २०७७ फागुन १८ गते फरार भई करिब २ वर्षपछि प्रतिवादी पक्राउ गरिएको डीएसपी हमालले बताए । भामलाई २ महिना ६ दिन कैद र ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । यी दुवै फरार अभियुक्तलाई रितपूर्वक जिल्ला अदालत मुगुले जुम्ला जिल्ला कारागार चलान गरेको डीएसपी हमालको भनाई छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ५१ बजे

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने