बहुविवाहका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ « Khabarhub

बहुविवाहका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार कैद सजाय तोकिएका सोरु गाउँपालिका वडा नम्बर ६ जिमा बस्ने चन्द्र लावडका छोरा वर्ष ३३ का फरार प्रतिवादी पदम लावडलाई जिल्ला प्रहरी कार्यालय मुगुले ५ वर्षपछि पक्राउ गरेको हो ।

बहुविवाह गरी फरार रहेका विवाह सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मुगुबाट लावड २०७४ पुस ५ गते ११ महिना १८ दिन कैद सजाय तोकेको थियो । प्रहरीका अनुसार उनी कैद भुक्तान नगरीकन फरार रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवाष हमालले बताए ।

यस्तै ज्यान सम्बन्धी कसुर सवारी ज्यान मुद्दामा फरार रहेका छायानाथ रारा नगरपालिका वडा नम्बर ६ बालैका पूर्णबहादुर भामका छोरा वर्ष ३१ का गणेश भामलाई पनि पक्राउ गरिएको बताइएको छ ।

उनलाई २०७७ फागुन १८ गते फरार भई करिब २ वर्षपछि प्रतिवादी पक्राउ गरिएको डीएसपी हमालले बताए । भामलाई २ महिना ६ दिन कैद र ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । यी दुवै फरार अभियुक्तलाई रितपूर्वक जिल्ला अदालत मुगुले जुम्ला जिल्ला कारागार चलान गरेको डीएसपी हमालको भनाई छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ५१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल