दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियाेसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियाेसहित)


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर गठबन्धनको कार्यदलद्वारा प्रतिवदेन तयार, ‘निर्वाचन सुरक्षा रणनीति’ पेस गर्न सुरक्षा निकायलाई निर्देशन, निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने देउवाको भनाइ, सर्वोच्चले माग्यो भुवन केसीको नियुक्तिबारे लिखित जवाफ, राष्ट्रपतिले मुलुकको हितका लागि काम गरेको पोखरेलकाे तर्क, बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन, थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

गठबन्धनको कार्यदलद्वारा प्रतिवदेन तयार
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलले तालमेलको सबै काम टुंगो लगाएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने जनाएको छ ।

बालुवाटारमा आज बसेको कार्यदल बैठकमा चूनावी तालमेलका बारेमा बिभिन्न कोणबाट छलफल भएको र सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शिर्ष तहमा प्रतिवेदन बुझाउने तयारी भएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

उनले बुधबार बस्ने कार्यदल बैठकले तालमेलको खाकाको टुङ्गो लगाउने संकेत गरे । तालमेका लागि २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातीक मत र अहिलको स्थानीय तह निर्वाचनलाई आधार बनाएर छलफल भइरहेको उनले बताए ।

‘निर्वाचन सुरक्षा रणनीति’ पेस गर्न सुरक्षा निकायलाई निर्देशन
केन्द्रीय सुरक्षा समिति बैठकले चारवटा सुरक्षा निकायलाई मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ‘निर्वाचन सुरक्षा रणनीति’ बनाएर पेस गर्न निर्देशन दिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सुरक्षा समिति बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभागलाई आगामी बैठकमा निर्वाचन सुरक्षा रणनीति पेस गर्न निर्देशन दिएको हो ।

यसका लागि केन्द्रदेखि जिल्ला तहसम्मै गृह मन्त्रालयका अधिकारीको नेतृत्वको निर्वाचन सेल गठन गरिएको छ । सुरक्षा निकायहरुले चुनावी सुरक्षा व्यवस्थापनका लागि आ–आफ्ना तर्फबाट बनाइएका कार्ययोजना अर्को बैठकमा समीक्षा गरेर त्यसलाई लागू गर्न चाहिने बजेट अर्थ मन्त्रालयसँग माग गरिने गृह मन्त्रालयले जनाएको हो ।

निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने देउवाको भनाइ
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताएका छन ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले पार्टी गठबन्धनका साथ चूनाव लड्न लागेपनि कसैलाई काखा, कसैलाई पाखा र भेदभाव नगरि न्यायपूर्ण तरिकाले टिकट बितरण गरिने बताएका हुन ।

देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउन सवै क्रियाशिल हुनुपर्ने धारणा राखे । गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको भन्दै देउवाले गठबन्धनका भरमा चूनाव जितिन्छ भनेर ढूक्क हुने अवस्था नरहेको जिकिर गरे ।

कार्यक्रममा कांग्रेसका उपसभापति धनराज गुरुङले जनताले आशंका गर्ने ठाँउ नदिएर काम गर्नुपर्ने बताए । उनले कार्यसम्पादन गर्दा पारदर्शीताका कुरालाई मुख्य रुपमा अघि राख्नुपर्ने बताए ।

सर्वोच्चले माग्यो भुवन केसीको नियुक्तिबारे लिखित जवाफ
सर्वोच्च अदालतले सरकारसँग चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारणको लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सो मुद्धाको सुनुवाई गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग लिखित जवाफ माग गरेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि भदौ २ गते बिहीबार दुबै पक्षलाई बोलाएको छ । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर गत शुक्रबार रिट दायर गरेका थिए ।

समृद्ध नेपाल निर्माणका लागि सवै प्रतिवद्ध हुनु पर्नेमा प्रचण्डकाे जाेड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले राजनीतिक परितर्वनसंगैं समृद्ध नेपाल निर्माणका लागि सवै प्रतिवद्ध हुने बेला आएको बताएका छन ।

काठमाडौंमा आज आयोजित एनइए अवार्ड २०७९ बितरण कार्यक्रममा दाहालले युग सुहाउदो नेपालको आफ्नै मोडलमा मुलुकलाई बिकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सवै प्रतिवद्ध हुनुपर्ने बताएका हुन ।

दाहालले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरुलाई सदुपयोग गरेर २१ औं शताव्दीमा एकतासाथ साथ बिकासको गति लिन सक्नुपर्ने उल्लेख गरे । उनले अव एकपटक देशको आर्थिक समृद्धि र जनताले चाहेको जस्तो बिकास गर्न आफु समर्पित हुने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको पोखरेलकाे तर्क
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नागरिकता बिधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन ।

अनेरास्ववियु केन्द्रीय कमिटीले आज काठमाडौंमा आयोजना गरेको गोष्ठिमा पोखरेलले संघीय संसदले पारित गरेको बिधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताएका हुन ।

उनले केवल चूनावी स्वार्थका लागि बिदेशीहरुसंगको साँठगाँठमा गठबन्धन सरकारले हतार हतार नागरिकतासम्बन्धी नयाँ बिधेयक ल्याएको आरोप लगाए ।

राप्रपाले अन्य दलसँग गठबन्धन गर्ने जिम्मा अध्यक्ष लिङ्देनलाई
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टीको तर्फबाट गठबन्धन, तालमेल गर्ने निर्णय गर्ने एकल अधिकार अध्यक्ष लिङ्देनलाई दिइएको हो ।

त्यस्तै बैठकले लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको छ । गठन भएको छ ।

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन
काठमाडौं महानगरपालिकाले धादिङको बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो ।

यस्तै उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै बञ्चरे डाडाँ फोहोर ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।

गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र , सो टोलीले तयार पारेको प्रतिवेदन अनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थागित गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

यसैबीच फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ ।

नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका– १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भिषण धितालगायतविरुद्ध उजुरी परेको हो ।

उनीहरूविरुद्ध तोडफोड गरेको, तोडफोड गराउन अरुलाई उक्साएको भन्दै सम्बन्धित गाडी धनीहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार १ सय ५५ पिसिआर परिक्षणका क्रममा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टीजेन परिक्षणका क्रममा ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।। त्यस्तै थप ४ सय ४६ संक्रमित निको भएका छन् ।हाल नेपालमा ५ हजार ३ सय ८७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

अडियाे सुन्नुहाेस्:

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ३२ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको