राष्ट्रपतिको कदमबाट मधेसमा निराशा बढ्यो : लोसपा « Khabarhub

राष्ट्रपतिको कदमबाट मधेसमा निराशा बढ्यो : लोसपा


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयकमा राष्ट्रपतिको कदमबाट मधेसमा चिन्तित र निराशा बढाएको प्रतिक्रिया दिएको छ ।

अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै नागरिकता समस्याको सम्बोधन समयमा नभए मुलुकमा असन्तुष्टि बढ्ने चेतावनी दिएका हुन् ।

‘मधेसलगायत देशका विभिन्न भागमा रहेका नागरिकहरु यस कदमबाट चिन्तित र निराश छन्। नागरिकता समस्याको सम्बोधन समयमा भएन भने मुलुकमा असन्तुष्टिहरु बढेर जाने र त्यसबाट विभिन्न समस्याहरु उत्पन्न हुने परिस्थितिबाट इन्कार गर्न सकिँदैन। यस नागरिकता विधेयकलाई अविलम्ब पारित गर्न गराउन लोसपा सरकासँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित नभई फिर्ता पठाइएकोमा लोसपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ४० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि