भदौदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने « Khabarhub

भदौदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । भदौ ५ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा दिइने छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबाबालिकालाई कोरोना विरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिन लागिएको हो । भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको थियो । बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना स्थापना गर्नाका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । ५ देखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइने छ ।

यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाहरूको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइने छ ।

प्रदेश नं १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेस प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका रहेका छन् ।

यस्तै गण्डकी प्रदेशको बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशको कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, पूर्वी रुकुम, कर्णाली प्रदेशको पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशको अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिका रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ०२ बजे

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित