बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. महाअभियोग सिफारिस समितिले कानुन व्यवसायीसँग सोधपुछ गर्ने
महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। बिहान साढे आठ बजे बस्ने भनिएको समितिको बैठक दिउँसो सम्मलाई सारिएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानको क्रममा नाम लिएका सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आज बिहानको बैठकमा बोलाइएको थियो। तर, न्यायाधीशहरुले समितिको बैठकमा नआउने भनेपछि बैठक दिउँसो १ बजेलाई सारिएको हो। जबराले नाम लिएका कानुन व्यवसायीहरूलाई पनि समितिले आजै सोधपुछ गर्दैछ। कानुन व्यवसायीहरूलाई दिउँसो ३ बजे बोलाइएको छ।

२. आज संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदको दुवै सदनका बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। प्रतिनिधि सभा बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७-०७८ वार्षिक प्रतिवेदन पेस गर्ने र पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। आजै बस्ने राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

३. चार दिने भ्रमण सकेर फर्किए चिनियाँ नेता चान्शु
निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु आज स्वदेश फर्किएका छन्। उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट बिदाइ गरे। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा आएका नेता ली ले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए।

४.  सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ दिनभित्र उजुरी दिन आह्वान
सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीन जनाविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ। संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गर्दै न्यायाधीशमा सिफारिस नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीविरुद्ध सात दिनभित्र उजुरी दिन आग्रह गरेको छ। न्यायपरिषद्को २१ भदौको बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्तालाई सर्वाेच्चको न्यायाधीशमा सिफारिस गरेको थियो।

५. मिटरब्याजीलाई फौजदारी कानुन लगाएर कारबाही गर्न सरकारलाई सुझाव
मिटरब्याजबारे अध्ययन गर्न गठन गरिएको कार्यदलले मिटरब्याजीलाई फौजदारी कानुन लगाएर कारबाही गर्न सरकारलाई सुझाव दिएको छ। गृहमन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुसाल संयोजक रहेको कार्यदलले चेक अनादर मुद्दा जस्तै मिटरब्याजलाई फौजदारी कानुनमा राख्न सिफारिस गरेको हो। अध्ययनबाट मिटरब्याजलाई विद्यमान कानुननले मुलुकी देवानी संहिता–२०७४ अनुसार व्याख्या गरेको देखिएको हुनाले उक्त कानुनबाट पीडितले न्याय नपाउने कार्यदलको ठहर छ।

६. ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानस्थित ढुङ्गा खानीमा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले घटनामा परी ४४ वर्ष का नीरबहादुर तामाङ र उनकी बहिनी ४४ वर्षकी सावीत्री तामाङको मृत्यु भएको बताए।

७. आजदेखि नेपाल भित्रिने सबै मोबाइल दर्ता गर्नुपर्ने
नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि नेपाल भित्रिने सबै मोबाइल दर्ता गर्नुपर्ने जनाएको छ। प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेसँगै अब नेपाल भित्रिने सबै मोबाइल दर्ता गर्नुपर्ने भएको हो। नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो।

८. काठमाडौं महानगरभित्र सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने
काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धूम्रपान निषेध गरेको छ। महानगरपालिकाले आज सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। सार्वजनिक स्थललाई धूम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न महानगरले सबैमा अनुरोध छ।

९.स्वीडेनको संसदीय चुनावको परिणाम लगत्तै प्रधानमन्त्री एन्डर्सनले दिइन् राजीनामा
स्वीडेनमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी शक्तिहरुको जित भएको छ। निर्वाचन परिणाम अनुसार कुल ३५९ सदस्यीय संसदमा दक्षिणपन्थी स्वीडेन डेमोक्रेट्स् र उग्र दक्षिणपन्थी पार्टी क्रिश्चियन डेमोक्र्याट्सले १७६ सीटसहित बहुमत सिट जितेका छन्। सत्ताधारी मध्यमार्गी र बामपन्थी पार्टीहरु भने १७३ सिटमा खुम्चिएका छन्। निर्वाचन परिणाम लगत्तै स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री मगडेलेना एन्डर्सनले हार स्विकार्दै पदबाट राजीनामा घोषणा गरेकी छन्।

१०. नवौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम छनोट शुक्रबारदेखि
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता भोलिदेखि हुने भएको छ। छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्याण्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १० : २६ बजे

जसपाको महाधिवेशन सम्पन्न, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा– जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल

काठमाडौं– भारतमा अजीत डोभाललाई फेरि एकपटक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको

प्रभु बैंक र आगन्तुक रिसोर्ट बीच छुट सम्झौता 

काडमाडौं– प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न

कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं– कोशी प्रदेश सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा रहेको छ ।

जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध हुनुपर्छ : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध