सिमकोटमा एक हप्ता विद्युत् सेवा बन्द « Khabarhub

सिमकोटमा एक हप्ता विद्युत् सेवा बन्द


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हुम्ला – जिल्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तासम्मका लागि विद्युत् सेवा बन्द भएको छ। फर्बे ट्याङ्कीबाट मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुम वितरण केन्द्रले एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द गरेको हो।

वितरण केन्द्रका अनुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बुधबार दिउँसोदेखि बन्द गरिएको छ। फर्बे ट्याङ्कीदेखि मुहानसम्मको नहर चुहिने समस्या आएपछि त्यसलाई मर्मत गर्न थालिएकाले विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख साजन ऐडीले बताए। निर्माण कम्पनी पक्षलाई एक हप्ताभित्र सम्पन्न गर्न केन्द्रले निर्देशन दिइएको छ। यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजारभन्दा बढी ग्राहक प्रत्यक्ष मर्कामा परेका छन् ।

बुधबारदेखि सदरमुकाम सिमकोटका सरकारी तथा गैरसरकारी कार्यालयको काम र व्यवसायसमेत बन्द भएका छन्। हुम्ला जिल्ला अस्पतालमा विद्युत् सेवा नहुँदा एक्सरे, भिडियो एक्सरे सेवा पनि ठप्प भएको छ। वितरण केन्द्रका सेवाग्राहीले हप्ता दिनसम्म अन्धकारमा बस्दै आउनुपर्ने भएको छ।

प्रत्येक वर्ष दशैँको मुखमा वितरण केन्द्रले मर्मतका लागि भन्दै विद्युत् सेवा बन्द गर्दै आएको छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १२ : १९ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल