‘उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष कालो सूचीमा राख्छौँ’ « Khabarhub

‘उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष कालो सूचीमा राख्छौँ’


३० भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन पर्यवेक्षकहरूका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उम्मेदवारले एक महिनाभित्र खर्च सार्वजनिक नगरे ६ वर्ष कालो सूचीमा राख्ने बताएका हुन् । कालो सूचीमा परेका उम्मेदवारले ६ वर्ष फेरि उम्मेदवार बन्न नपाउने उनको भनाइ छ ।

यसका लागि उमेदवाले गर्ने खर्चको पनि नियोकले पर्यवेक्षण गर्दै दलीय व्यवस्थामा दलले आफ्ना नीति विचार र सिद्धान्त स्पष्ट गर्नुपर्ने भन्दै उनले निर्वाचनमा भाग उम्मेदवारले लिने हो कि दलले लिने हो प्रस्ट पार्दै आयोगले तोकेको रकम निर्वाचन लड्न पर्याप्त रहेको बताए ।

उम्मेदवारले आयोगले तोकेको रकमले पुग्दैन भन्नु मतदाताको अपमान भएको प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति घोषणादेखि मत परिणाम घोषणपछि विजयी उम्मेदवारले गर्ने भोज भतेर पनि निर्वाचन खर्चमै जोडिएकोले यसको पनि पर्यवेक्षण गर्नुपर्ने बताए ।

दलका उम्मेदवारले सामाजिक सञ्जालमा कति खर्च गरे त्यो हेर्न मिल्ने प्रविधि बनाइएको भन्दै उनले पर्यवेक्षकले लाइक कमेन्ट गरेको पनि आयोगले निगरानी राख्ने बताए ।

१० हजार ८९० मतदान केन्द्रमा हुने निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउन पर्यवेक्षकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । प्रशिक्षण कार्यक्रममा ७७ जिल्लाका जिल्ला संयोजक तथा सातै प्रदेशका संयोजकको सहभागी छन् ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  १२ : ५७ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस