‘उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष कालो सूचीमा राख्छौँ’ « Khabarhub

‘उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष कालो सूचीमा राख्छौँ’


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन पर्यवेक्षकहरूका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उम्मेदवारले एक महिनाभित्र खर्च सार्वजनिक नगरे ६ वर्ष कालो सूचीमा राख्ने बताएका हुन् । कालो सूचीमा परेका उम्मेदवारले ६ वर्ष फेरि उम्मेदवार बन्न नपाउने उनको भनाइ छ ।

यसका लागि उमेदवाले गर्ने खर्चको पनि नियोकले पर्यवेक्षण गर्दै दलीय व्यवस्थामा दलले आफ्ना नीति विचार र सिद्धान्त स्पष्ट गर्नुपर्ने भन्दै उनले निर्वाचनमा भाग उम्मेदवारले लिने हो कि दलले लिने हो प्रस्ट पार्दै आयोगले तोकेको रकम निर्वाचन लड्न पर्याप्त रहेको बताए ।

उम्मेदवारले आयोगले तोकेको रकमले पुग्दैन भन्नु मतदाताको अपमान भएको प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति घोषणादेखि मत परिणाम घोषणपछि विजयी उम्मेदवारले गर्ने भोज भतेर पनि निर्वाचन खर्चमै जोडिएकोले यसको पनि पर्यवेक्षण गर्नुपर्ने बताए ।

दलका उम्मेदवारले सामाजिक सञ्जालमा कति खर्च गरे त्यो हेर्न मिल्ने प्रविधि बनाइएको भन्दै उनले पर्यवेक्षकले लाइक कमेन्ट गरेको पनि आयोगले निगरानी राख्ने बताए ।

१० हजार ८९० मतदान केन्द्रमा हुने निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउन पर्यवेक्षकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । प्रशिक्षण कार्यक्रममा ७७ जिल्लाका जिल्ला संयोजक तथा सातै प्रदेशका संयोजकको सहभागी छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १२ : ५७ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: ‘सिबिच’ बनाउने करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा