पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु « Khabarhub

पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलालगणेस्थानस्थित ढुङ्गाखानीमा गएको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट झरेको पहिराले पुरिएर दाजु नीरबहादुर तामाङ र बहिनी सावित्री तामाङको घटनास्थलमा नै मृत्यु भएको र आमा ठूलीमायाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार घरसहित ४४ वर्षीय नीरबहादुर र ४० वर्षीया सावित्रीको शव पहिराले पुरिएको अवस्थामा निकालिएको हो । पैँसठ्ठी वर्षीया ठूलीमायाको भने सख्त घाइते भई बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले दाजु बहिनीको शव निकालेको हो । एकै परिवारको तीनै जनाको मृत्यु भएपछि आफन्त शोकमा डुबेका छन् ।

पालिकाभित्र सञ्चालित ढुङ्गाखानी तथा क्रसर उद्योगलाई मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ता अगाडिमात्रै मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पुर्‍याएर मात्रै सञ्चालन गर्न निर्देशन दिइए पनि मापदण्डविपरीत सञ्चालन हुँदै आएको जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  २ : १४ बजे

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् । 

जापानमा एक्सप्रेस रेलको ठक्करबाट चार कर्मचारीको मृत्यु

टोकियो- जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका चार कर्मचारीको मृत्यु भएको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा– बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु