जंगली जनावरको आतंक, बाली जोगाउनै समस्या « Khabarhub

जंगली जनावरको आतंक, बाली जोगाउनै समस्या


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बेदकोट- महाकालीपारि दोधारा चाँदनी नगरपालिका-१ स्थिती पूर्णागिरी टोलमा हरिना धामीले करिब १२ कठ्ठा जमिनमा धानखेती गरेका छन्। उनले खेतमा लगाएको धानमा बाला पलाएको छ । सँगै जंगली जनावरबाट धानबाली कसरी जोगाउने भनेर उनका मनमा चिन्ता पलाएको छ ।

उनको जमिन नेपाल/भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टि जंगल छ । सोही जंगल भएर आउने जनावरबाट बाली जोगाउन अचेल उनी दिनरात टिन ठटाउने र होहल्ला गरेर जनावर धपाउनमा व्यस्त छिन् ।

वर्षौँदेखि जंगली जनावरको समस्या झेल्दै आएको हरिना गुनासो गछिन् ‘बाँदर, बँदेलको समस्या बढी छ, खेती जोगाउन रात दिन जाग्राम बस्नुपर्छ’, उनले भनिन्, ‘त्यसो गर्दा पनि बाली जोगाउन सक्दैनौँ ।’

हरिनाको जस्तै जंगली जनावरकोे दुःख जंगलसँग जोडिएका दोधारा चाँदनीका अधिकांश किसानले भोग्नुपरेको छ । स्थानीयलाई जंगली जनावरबाट बाली जोगाउन हम्मेहम्मे परेको छ । 

मेहेनत गरेर लगाएको खेती भित्र्याउने समयमा  जंगली जनावरले खाएर सखाप पार्ने गरेको हरिना बताउँछिन् । ‘हरेक वर्ष खेतमा बाली लागेको देख्छौँ, तर कहिल्यै खेती घर भित्र्याउन पाएका छैनौँ’, उनले भनिन् , ‘कहिले बाँदर, कहिले बँदेलले खाएर सकाउँछ, जीविकोपार्जनका लागि खाद्यान्न किन्नुपर्ने हुन्छ ।’

वर्षौँदेखि जंगली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी नगरपालिका–१ कै जग्गु धामीको गुनासो छ । ‘नेताहरू आउँछन्, समस्या समाधान गर्ने आश्वासन दिनुहुन्छ’, उनले भनिन्, ‘अहिले पनि जंगली जनावरको समस्या ज्यूँका त्यूँ छ ।’

जंगली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न विद्युत् तार लगाउनुपर्ने किसानहरूको माग छ । ‘ जंगली जनावरले धेरै दुःख दिएको छ, १९ कठ्ठा जमिनमा लगाएको खेती अहिलेसम्म भित्र्याउन पाएको छैन’, नरेन्द्र चन्दले भने, ‘करेन्ट तार राखियो भने केही हदसम्म जनावरलाई खेतमा आउनबाट रोक्न सकिन्थ्यो ।’

जंगली जनावर नियन्त्रण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेकोे दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बू बताउँछन्। ‘हात्ती, बाँदर, बँदेलबाट हुने क्षति रोक्न विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर काम गरिरहेका छौँ, प्रभावित टोलहरूमा जनावर धपाउन पटाका दिएका छौँ’, उनले भने, ‘खेतमा उज्यालोका लागि सोलार वितरण गरेका छौँ, यद्यपि अझै जनावर नियन्त्रण गर्न सकिएको छैन ।’

मेसिन बिग्रिएकाले विजुली तार जोड्न नसकिएको उनको भनाइ छ । नगरप्रमुख लिम्बूले भने, ‘मेसिन बिग्रिएकाले करेन्ट तार राख्न सकेका छैनौँ, मर्मत गरेर तार छोड्छौँ ।’

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  २ : ४५ बजे

गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव 

निङ्सिया– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको पूर्वाधार विकास र आर्थिक

कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य 

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका

पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३१ वटा विपद्का घटना भएका

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको