बेलायत पठाइदिन्छु भन्दै रु १३ लाख ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

बेलायत पठाइदिन्छु भन्दै रु १३ लाख ठगी गर्ने व्यक्ति पक्राउ


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी रु १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी उक्त रकम ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई आज पक्राउ गरेको हो ।

पक्राउ कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद रु १३ लाख ४६ हजार लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा आज काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

पक्राउ उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ९ : ५४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको