एकपटक घुम्नैपर्ने नेपालका चार ठाउँ « Khabarhub

एकपटक घुम्नैपर्ने नेपालका चार ठाउँ

‘जसले नेपाल र नेपालीको वास्तविकता बुझ्न सघाउँछ’


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दसैँ र तिहारलाई घुमघामको रमाइलोको समयका रुपमा पनि लिइन्छ । केही समय फूर्सद र साथीभाई भेटिएका बेला दसैँ र तिहारमा घुमघाम गर्न सजिलो पनि हुन्छ ।

साथीभाइ भेटिदा घुमघाम गर्नु जीवनको एक क्षण सुरक्षित गर्नु पनि हो । किनकी साथीभाइ, घुमघाम, रमाइला पलको आनन्द लिन सँधै सँधै समय मिल्दैन । आन्तरिक पर्यटनका रुपमा दसैँ तिहारको घुमघामलाई धेरैले रोचक रुपमा पनि लिने गर्छन् ।

यो बेला घुम्नका लागि अलिकति पैसा र धेरैजसो साथीभाइ सजिलै भेटिन्छन् । नेपालीका लागि पैँसा र साथीभाइ भेटिनु पछिल्लो समय मूश्किल बन्दै गएको छ । आन्तरिक पर्यटन फस्टाउँदै गएका बेला नेपालीले एकपटक घुम्नैपर्ने चार ठाउँका बारेमा संक्षिप्त चर्चा गरिएको छ।

१. पाथीभरा

पाथीभरा नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो । खासगरि सगरमाथालाई धेरै विदेशीले रोजाईको ठाउँ बनाए पनि नेपालको भूगोल, भाषा, परिवेश र पर्यटनको महत्व बुझ्न एकपटक पाथीभरा पुग्नुपर्छ । पूर्व नेपालको सबैभन्दा उचाइमा रहेको पाथीभरा धार्मिक हिसाबले पनि पर्यटकको घूइँचो लाग्ने ठाउँ हो ।

एकपटक पाथीभरा पुग्नुपर्छ भन्ने चेत आम नेपालीमा खुल्दै गएको छ । पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण धार्मिक क्षेत्रमा पर्ने पाथीभरा जाँदा भौगोलिक आनन्द, हिउँ र हिमालको दृश्य देख्न सकिन्छ । यसका साथै झापा, इलाम, पाँचथरदेखि ताप्लेजुङसम्मको यात्रा पनि तय गर्न सकिन्छ ।

इलामको चियाबारी हेर्नेदेखि पूर्वी नेपालको रहनसहन र जनजीवन बुझ्न पनि पाथीभरा निकै महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । पछिल्लो समय बाइक तथा गाडीमा पाथीभरा मन्दिरको दर्शन गर्न पुग्नेको संख्या बढ्दो छ ।

२. मुस्ताङ

नेपालको घुम्नैपर्ने अर्को ठाउँ हो, मुस्ताङ । पोखरा विश्वकै सस्तो गन्तव्यका रुपमा परिचित हुँदा मुस्ताङ नेपालीका लागि लोकप्रिय ठाउँ हो । जहाँ गएपछि धेरै कुराको आनन्द लिन सकिन्छ । नेपाल जस्तो भौगोलिक बनावटमा मुस्ताङ एउटा विशेष यात्रा गर्ने ठाउँ हो ।

काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्जदेखि पूर्व नेपालका विभिन्न ठाउँबाट मुस्ताङ पुग्नेको संख्या बढ्दो छ ।

हिमाली जनजीवन र त्यहाँको कठिनाई नियाल्ने एक प्रमुख गन्तव्य पनि मुस्ताङ हो । सम्भवतः नेपालमा मुस्ताङ जस्तो भौगोलिक ठाउँ, क्षेत्र, माटो, पहाड र अवस्थितीको विशेषता अरु ठाउँमा सायदै छ । मुस्ताङ पुगेपछि नेपालको मध्य पहाडको जनजीवनबारे राम्रोसँग अध्ययन गर्न पाइन्छ ।

३. शे–फोक्सुन्डो ताल

नेपालमा घुम्नैपर्ने अर्को एक महत्वपूर्ण पर्यटकीय गन्तव्य शे–फोक्सुन्डो हो । डोल्पामा पर्ने शे–फोक्सुन्डो ताल पहाडहरुको बीचमा रहेको एक सुन्दर तलाउ हो । मुगुको सुलिचौरबाट हिँडेर एक दिनमा पुग्न सकिने शे–फोक्सुन्डो नेपालको भौगोलिक अवस्थामा फरक विशेषता बोकेको ताल हो ।

कर्णालीको जनजीवन बुझ्न र कठिनाई देख्न एकपटक शे–फोक्सुन्डो पुग्नुपर्छ । फोक्सुन्डोको मनोरम दृश्यसँगै कर्णालीका हिमाली जिल्लाको भाषा, भेषभुषा, रहनसहन, चालचलन आदीको राम्रो अध्ययन र अनुभव गर्न पनि फोक्सुन्डो एक विशेष गन्तव्य हो ।

फोक्सुन्डो पुग्नु नेपालको जनजीवनमा एक कठिन र विशेष अनुभव प्राप्त गर्नु हो ।

४. बडिमालिका

पछिल्लो समय सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनेको ठाउँ हो, बडिमालिका । युवा पर्यटन अभियान्ता कञ्चन राई घुमन्तेले विशेष गरि एक्सप्लोर गरेको बडिमालिका सुदूरपश्चिमको सुन्दरता झल्काउने विशेष ठाउँ हो ।

जनैपूर्णिमामा विशेष मेला लाग्ने बडिमालिकाको चर्चाले पछिल्लो समय खप्तड ओझेलमा पर्न थालेको छ । हरियाली पाटन, प्राकृतिक सुन्दरता र धार्मिक विश्वासले बडिमालिका चर्चित मानिन्छ । बडिमालिका घुम्न जाँदा सुदूरपश्चिमको पूरा जनजीवन अध्ययन गर्न पाइन्छ । खासगरि अपी र सैपाल हिमालको दृश्य पनि बडिमालिका जाँदा हेर्न पाइन्छ ।

पश्चिम नेपाललाई राम्रोसँग बुझ्न, भौगोलिक कठिनाईको अध्ययन गर्न र प्रशस्त पर्यटकीय सम्भावनाबारे घोत्लिन पनि एकपटक बडिमालिका पुग्नुपर्छ ।

फोटो स्रोत : हिमालय भट्ट

पाथिभरा, मुस्ताङ, फोक्सुन्डोपछि बडिमालिका पुगेपछि नेपालको भूगोल र जनजीवन राम्रोसँग अध्ययन गर्ने अवसर पनि मिल्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : १५ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको