शनिबार शनिदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित) | Khabarhub Khabarhub

शनिबार शनिदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित)


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ।

मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ। यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ।

ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नु पर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ।शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेल को दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ०५ बजे

एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं – नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी

लगानी सम्मेलनको पूर्वतयारीबारे छलफल

काठमाडौं – तेस्रो लगानी सम्मेलन आयोजनाका लागि गठित कार्यान्वयन समितिको

जेठमा पुग्यो एकीकृत समाजवादीको महाधिवेशन

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ गतेबाट