मकवानपुरबाट निर्यातमा कम « Khabarhub

मकवानपुरबाट निर्यातमा कम


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुर जिल्लाबाट वार्षिकरुपमा हुँदै आएको निर्यात व्यापारमा कमी आएको छ । उद्योग वाणिज्य संघ मकवानपुरको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग तथा व्यावसायिक प्रतिष्ठानले १७ करोड ३० लाख मूल्यबराबरको निर्यात गरेका छन् । त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा मकवानपुरवाट २३ करोड ६२ लाख मूल्य बराबरको निर्यात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा २५ करोड ५६ लाख मूल्य बराबरको निर्यात भएको थियो ।

उक्त वर्षमा क्लोजर सिस्टम इन्टरनेशनल नेपाल, युनिलिभर नेपाल लिमिटेड, गोदावरी पोलिप्याक्स एण्ड एफआई विसीइभान्स लाइफ साइन्सेस लगायतले आफ्नो उत्पादन छिमेकी मुलुक भारतमा निर्यात गरेका थिए । आर्थिक वर्ष २०७७/७८ मा युनिलिभर नेपाल लिमिटेड बाहेकका उद्योगबाट उत्पादन भारत निकासी  भएको थियो ।  त्यसमध्ये एउटा व्यापारिक प्रतिष्ठान र चारवटा उद्योगले भारत र तेस्रो मुलुकमा  खाद्यपदार्थसहित औद्यौगिक उत्पादन निर्यात गरेको सङ्घले जनाएको छ । 

गत आर्थिक वर्षमा प्याक्ट ग्रुप, क्लोजर स्टिम इन्टरनेशनलले बोतलमा लाग्ने बिर्को, गोदावरी पोलिप्याक्स एण्ड एफ आई विसीले त्रिपाल तथ इभान्सलाइफ साइन्सेसले सल्लाको लोठ पाउडर भारत निकासी गरेको थियो । त्यस्तै गुराँस ग्रुप इन्टरनेशनलले चाउचाउ, चिउरा, खुर्सानी लगायतका नेपाली उत्पादन अष्ट्रेलियामा र एड्भान्स टेक्नोलजी एण्ड मेसिन नेपालले फोहर प्रशोधन गर्ने उपकरण जापान निर्यात गरेको बताइएको छ ।

एक दशकअघि आर्थिक वर्ष २०६८/६९ मा  मकवानपुरबाट ६९ करोड ८२ लाख मूल्य बराबरको निर्यात भएको थियो । त्यस समयमा २९ वटा उद्योगबाट आर्थिक वर्ष  २०६८/६९मा निर्यात गर्ने उद्योगको सङ्ख्या बढेर ३१ भएको थियो । क्रसरजन्य उद्योगको भारत निर्यातले पनि त्यस समयमा निर्यात व्यापार बढेको देखिन्छ । क्रसरका साथै एन्ट्राटिक बिस्कुट उद्योग, नेपाल इकरात इन्जिनियरिङ कम्पनी, माछापुच्छ्रे र हर्बल लगायतका  अन्य उद्योगले निर्यात गर्दे आएको थियो ।

कोलगेट, कोडाक र युनिलिभर लगायतका राष्ट्रिय तथा बहुर्राष्ट्रिय उद्योगका उत्पादन निर्यात गर्दै आएको मकवानपुरबाट दुई दशकअघि आर्थिक वर्ष २०५७/५८ मा दुई अर्ब २९ करोड मूल्यबराबरको निर्यात भएको सङ्घद्वारा उपलब्ध तथ्यांकअनुसार जनाइएको छ । कोडाककोलगेट नेपाल छोडेर गइसकेको छ भने युनिलिभरले भारतमा  निर्यात बन्द गरिसकेको बताइएको छ ।

सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले सरकारले निर्यातजन्य उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नमा ध्यान नदिएकोले त्यस्ता उद्योग संकटमा परेको गुनासो गरे ।   

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  २ : ०१ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने