तीन लाख ३२ हजार दुई सय ३१ मतदाता कायम « Khabarhub

तीन लाख ३२ हजार दुई सय ३१ मतदाता कायम


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँकेमा कूल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन् । कूल मतदातामध्ये एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताए ।

उनका अनुसार अन्य मतदाताको सङ्ख्या नौ रहेको छ । बाँके जिल्लामा प्रतिनिधिसभामा तीन वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा क्षेत्र छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् । 

प्रदेशसभा क्षेत्र नं १ (क) मा नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका एकदेखि ७ नं वडा पर्दछन् । प्रदेशसभा क्षेत्र नम्बर १ (ख) मा कोहलपुर नगरपालिका र राप्तीसोनारीका ८ र ९ नं वडा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख २१ हजार एकसय मतदाता छन् भने प्रदेश १ (क) मा ५५ हजार आठ सय ४५ र प्रदेश १ ९ख० मा ६५ हजार दुई सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका २१ वडा  पर्दछन् । यसैगरी प्रदेशसभा क्षेत्र नं २ (क) मा डुडुवा गाउँपालिका र नेपालगञ्जका वडा नं १३, १८, १९, २०, २१, २२ र २३ पर्दछन् ।

 प्रदेशसभा २ (ख) मा नेपालगञ्जका १ देखि १२ तथा १४ र १५ नम्बर वडा समेटिएका छन् । क्षेत्र नं २ मा ९७ हजार आठ सय ९ मतदाता छन् । प्रदेश २(क) मा ५० हजार तीन सय १३ र २ (ख) मा ४७ हजार चार सय ९६ मतदाता रहेका निर्वाचन कार्यालय प्रमुख पन्तले बताए । प्रतिनिधिसभा क्षेत्र नं ३ मा बैजनाथ, खजुरा र जानकी गाउँपालिका पर्दछन् । प्रदेशसभा ३ (क) मा बैजनाथ गाउँपालिका र खजुराका ५, ६, ७ र ८ नं वडा समेटिएका छन् । 

यस्तै ३ (ख) मा जानकी गाउँपालिका, खजुराका एकदेखि ४ नम्बर वडा र नेपालगञ्जका १६ र १७ नम्बर वडा समेटिएका छन् । क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता छन् भने प्रदेश क्षेत्र नं ३ (क) मा ६१ हजार पाँच सय ९६ र ३ (ख) मा ५१ हजार सात सय २६ मतदाता छन् । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : १६ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग