निर्वाचनमा सक्रिय सहभागिता आवश्यक : प्रदेश प्रमुख गुरुङ « Khabarhub

निर्वाचनमा सक्रिय सहभागिता आवश्यक : प्रदेश प्रमुख गुरुङ


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकतन्त्रलाई सुदृढ गर्न आउँदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

नेपाली जनताले राजतन्त्र फालेर संघीय  लोकतान्त्रिक व्यवस्था स्थापना गरेकाले लोकतन्त्र जीवन्त राख्न आम नेपालीले  निर्वाचनमा सक्रिय सहभागी हुनुपर्ने उनको भनाइ थियो । धार्मिकरूपमा प्रसिद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा शनिबार मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख गुरुङले कुनै पनि प्रलोभन, लोभ लालच, डर, धाक र धम्कीमा नपरी आफ्नै विवेक प्रयोग गरी मतदान गर्न आग्रह गरे । 

‘लोकतन्त्रमा जनतानै शक्तिशाली हुन्छन, निर्वाचनमा प्रत्येक भोटको उत्तिकै महत्व हुन्छ, जितेर गएका नेताले पनि जनताकै सेवा गर्नुपर्ने हुन्छ, त्यसैले लोकतन्त्रलाई बचाउन सबै नेपाली लागौँ’, प्रदेश प्रमुख गुरुङले भने ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : ५२ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति