'यसपटकको निर्वाचनपछि पनि पुरानै दल हावी भए मुलुक अप्ठेरोमा जान्छ' | Khabarhub Khabarhub

‘यसपटकको निर्वाचनपछि पनि पुरानै दल हावी भए मुलुक अप्ठेरोमा जान्छ’


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको निर्वाचनपछि पनि पुरानै दल हावी भए मुलुक अप्ठेरोमा जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा मिश्रले यसअघि कांग्रेस एमाले माओवादी भन्ने दलहरू पटक पटक सरकारमा जादा पनि जनताका लागि कुनै काम गर्न नसकेको भन्दै अव पनि तीनै दलहरू सरकारमा पुगे मुलुक अप्ठेरो अवस्थामा पुग्ने बताएका हुन् ।

मुलुकलाई निकास दिन अव वैकल्पिक शक्तिको आवश्यकता रहेको उनको भनाई छ । मिश्रले यसअघि आफू करिव ८ सय मतले पराजित भएको भन्दै अव पनि राप्रपालाई मत नदिए विकृत तप्का संसद्मा छिर्ने र नागरिकको जीवनयापनमा कुनै परिवर्तन नआउने जिकिर गरे ।

त्यस्तै मिश्रले दलहरूको राजनीतिक स्वार्थका लागि नै मुलुकमा संघीयता लाद्न खोजिएको भन्दै अव संघीयता खारेज गदै स्थानीय तहको सुदृढीकरण गर्नुपर्ने धारणा राखे । आर्थिक पाटोका साथै नेपालको भूराजनीतिक धरातलका आधारमा पनि संघीयता आवश्यक नभएको उनले बताए ।

मिश्रले मुलुकलाई अघि बढाउन विकासका साथै रोजगारीको सिर्जना गर्ने वातावरण निर्माण हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ४ : १३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’