‘यसपटकको निर्वाचनपछि पनि पुरानै दल हावी भए मुलुक अप्ठेरोमा जान्छ’ « Khabarhub

‘यसपटकको निर्वाचनपछि पनि पुरानै दल हावी भए मुलुक अप्ठेरोमा जान्छ’


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको निर्वाचनपछि पनि पुरानै दल हावी भए मुलुक अप्ठेरोमा जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा मिश्रले यसअघि कांग्रेस एमाले माओवादी भन्ने दलहरू पटक पटक सरकारमा जादा पनि जनताका लागि कुनै काम गर्न नसकेको भन्दै अव पनि तीनै दलहरू सरकारमा पुगे मुलुक अप्ठेरो अवस्थामा पुग्ने बताएका हुन् ।

मुलुकलाई निकास दिन अव वैकल्पिक शक्तिको आवश्यकता रहेको उनको भनाई छ । मिश्रले यसअघि आफू करिव ८ सय मतले पराजित भएको भन्दै अव पनि राप्रपालाई मत नदिए विकृत तप्का संसद्मा छिर्ने र नागरिकको जीवनयापनमा कुनै परिवर्तन नआउने जिकिर गरे ।

त्यस्तै मिश्रले दलहरूको राजनीतिक स्वार्थका लागि नै मुलुकमा संघीयता लाद्न खोजिएको भन्दै अव संघीयता खारेज गदै स्थानीय तहको सुदृढीकरण गर्नुपर्ने धारणा राखे । आर्थिक पाटोका साथै नेपालको भूराजनीतिक धरातलका आधारमा पनि संघीयता आवश्यक नभएको उनले बताए ।

मिश्रले मुलुकलाई अघि बढाउन विकासका साथै रोजगारीको सिर्जना गर्ने वातावरण निर्माण हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ४ : १३ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार