देशको आवश्यकता अनुसार गठबन्धन कायम रहन्छ : डा. महत « Khabarhub

देशको आवश्यकता अनुसार गठबन्धन कायम रहन्छ : डा. महत


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चुनावपछि पनि निरन्तर अघि बढ्ने पनि बताए । संविधानलाई संस्थागत रुपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिवद्धता रहेको उनको भनाई छ । महतले स्वार्थकेन्द्रीत भएर जसपा गठबन्धनबाट बाहिरिएको धारणा राखे । देशको बिकासस्थायीत्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उनको भनाई छ । 

त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले देशको आवश्यकता र देशको संविधानको रक्षाका लागि गठबन्धन जन्मिएको भन्दै अहिले पनि देशमा गठबन्धनको आवश्यक रहेको धारणा राखे । कांग्रेस माओवादी नमिले फेरी मुलुकमा प्रतिगमन गर्ने खतरा रहेको उनको भनाई छ ।

महराले अहिलेको गठबन्धनलाई २० वर्षसम्म पनि संगै अघि बढाउनुपर्ने धारणा राखे 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ५ : १८ बजे

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत