देशको आवश्यकता अनुसार गठबन्धन कायम रहन्छ : डा. महत « Khabarhub

देशको आवश्यकता अनुसार गठबन्धन कायम रहन्छ : डा. महत


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चुनावपछि पनि निरन्तर अघि बढ्ने पनि बताए । संविधानलाई संस्थागत रुपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिवद्धता रहेको उनको भनाई छ । महतले स्वार्थकेन्द्रीत भएर जसपा गठबन्धनबाट बाहिरिएको धारणा राखे । देशको बिकास र स्थायीत्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उनको भनाई छ । 

त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले देशको आवश्यकता र देशको संविधानको रक्षाका लागि गठबन्धन जन्मिएको भन्दै अहिले पनि देशमा गठबन्धनको आवश्यक रहेको धारणा राखे । कांग्रेस माओवादी नमिले फेरी मुलुकमा प्रतिगमन गर्ने खतरा रहेको उनको भनाई छ ।

महराले अहिलेको गठबन्धनलाई २० वर्षसम्म पनि संगै अघि बढाउनुपर्ने धारणा राखे 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ५ : १८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा