नवौँ राष्ट्रिय खेलकुद : टेनिसमा आर्मीका दुवै टोली फाइनलमा « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : टेनिसमा आर्मीका दुवै टोली फाइनलमा


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा विभागीय नेपाली सेनाका दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । यसैगरी आयोजक गण्डकी प्रदेश पनि फाइनलमा प्रवेश गरेको छ ।

नेपालको शीर्ष वरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र सेनाको टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन् । यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाए ।

पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज भएको खेलमा टिम इभेन्ट विधाको पुरुष एकल विधामा गण्डकीका खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३,६–३ सेटमा पराजित गर्नुभयो । यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुष्मान घलेबीचको खेलमा ६–१, ६–० सेटमा शाही विजयी भए । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा गण्डकीका आशिष कुमार र सौगात विकेको जोडीले एपिएफका निश्चल र श्रीयोगको जोडीमाथि ४–१, ४–२ सेटको जित निकालेपछि गण्डकीले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

यसैगरी पुरुष एकलको अर्को खेलमा पुलिसका आर्यन गिरीले आर्मीका एकी रावतलाई ६–२,६–४ को सेटमा पराजित गरे । आर्मीका प्रनभ खनाल र पुलिसका प्रनभ मानन्धरबीचको खेल ६–३, ६–१ को सेटमा खनाल विजयी भए । पुरुष डबल्सतर्फ आर्मीका प्रनभ र एकीको जोडीले पुलिसका आर्यन र प्रनभको जोडीलाई ६–२, ७–६ को सेटमा पराजित गरेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

टिम इभेन्टको महिला एकलतर्फको प्रतिस्र्धामा आर्मीका इरा रावत र अभिलाषा विष्ट विजयी भए । उनहरुले क्रमशः पुलिका प्रशंसा मोक्तान र पुलिसका इसा डोल्लकर गुरुङलाई पराजित गरे । महिला डबल्सतर्फ पुलिसका आइसा र प्रशंसाको जोडीले आर्मीका इसा श्री र सुभांगीको जोडीलाई पराजित गरे । महिला एकलतर्फ एपिएफका सुनिरा थापा र सर्भानी श्रेष्ठ विजयी भए । डबल्सतर्फ सर्भानी र डिब्नाको जोडीले बागमतीका प्रकृति र रायानाको जोडीलाई पराजित गरेपछि एपिएफ टिम इभेन्टको फाइनलमा प्रवेश गर्न सफल भयो ।

यसैगरी व्यक्तिगत इभेन्टको पुरुष एकलतर्फ मधेश प्रदेशका राजवीर प्रधान एनआएरएनएका कृष्ण थापालाई पराजित गरी प्रिक्वार्टरफाइनलमा प्रवेश गरे। पुरुष डबल्सतर्फ एनआरएनएको आरभ र डावाको जोडी, पुलिसका प्रनभ र आर्यनको जोडी, गण्डकीका आशिष र सौगात तथा लुम्बिनीका रितिक र सक्षमको जोडी क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।

यसैगरी महिला डबल्सतर्फ एपिएफका सुनिता र सर्भानीको जोडी तथा बागमतीका प्रकृति र रायानाको जोडी अन्तिम चारमा पुगेको छ । मिक्स डबल्सतर्फ गण्डकीका सौगात विके र श्रीया भट्टराईको जोडी र बागमतीका रोजन र अजयको जोडी क्वार्टरफाइनलमा प्रवेश गरेको नेपाल टेनिस सङ्घका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिए।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : १० बजे

१० हजारले नि हेरेनन् ‘मुन्द्रे’को फिल्म

काठमाडौं – कलाकार जितु नेपाल ‘मुन्द्रे’को लगानी र शीर्ष अभिनय

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण

प्रधानमन्त्री बन्ने दौडमा बर्नह्याम, आज सार्वजनिक गर्दै आर्थिक एजेन्डा

लन्डन- बेलायतका प्रधानमन्त्रीका प्रमुख प्रतिक्षारत उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो बहुप्रतीक्षित

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट