श्रीलङ्कामा सडक दुर्घटना हुँदा ४४ जना घाइते | Khabarhub Khabarhub

श्रीलङ्कामा सडक दुर्घटना हुँदा ४४ जना घाइते


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलङ्कामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन् ।

श्रीलङ्काको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार बसले एक्कासि सडकमा फरक दिशातर्फ मोडिँदा तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो ।

बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घाइते यात्रु र बस चालकलाई जाफना, पल्लई र किलिनोच्ची अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, श्रीलङ्कामा बाढीका कारण शनिबार कम्तीमा दुई जनाले ज्यान गुमाएका र पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना प्रभावित बनेका श्रीलङ्काली केन्द्रीय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बाढीबाट देशका विभिन्न ११ जिल्लामा १२० घरमा क्षति भएको छ । हम्बनटोटा, गाले, टिङ्कोमाली, किलीनोच्ची, गाम्पाहा, राजधानी कलम्बो, पुट्टलम र क्याण्डी अधिक प्रभावित भएका छन् । २६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : १४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं