विश्वव्यापी भोकमरीको सूचीमा भारत १०७ औं स्थानमा « Khabarhub

विश्वव्यापी भोकमरीको सूचीमा भारत १०७ औं स्थानमा


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व भोकमरी सूचकाङ्क (जीएचआई) २०२२ मा भारत विश्वका १२० देश र क्षेत्रमध्ये १०७ औँ स्थानमा झरेको छ । गत वर्षको १०१ औँ स्थानबाट तल झरेर भारत एशियाली मुलुकहरू श्रीलङ्का, म्यानमार, नेपाल, बङ्गलादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो ।

जिएचआई अनुसार श्रीलङ्का (६४), म्यानमार (७१), नेपाल (८१), बङ्गलादेश (८४) र पाकिस्तान (९९) स्थानमा रहेका छन् । नयाँ तथ्याङ्कमा यस वर्ष १४ देश वा क्षेत्रले मात्र भारतभन्दा खराब प्रदर्शन गरेका छन् । कन्सर्न वर्ल्ड वाइड आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ नामक जर्मन संस्थाले संयुक्त रूपमा उक्त प्रतिवेदन हालै सार्वजनिक गरेका हुन् ।

भारतको जीएचआई अङ्कमा पनि सन् २०२० मा सुधार भई ३८.८ बाट सन् २०१४ देखि २०२२ को औषत २९ अङ्कको दायरामा पुगेको छ । अल्पपोषण, बाल बर्बादी, बाल पुड्कोपन र पाँच वर्ष भन्दा कम उमेरका बच्चाहरूको मृत्यु दर गरी जीएचआई स्कोर चार सूचकहरूमा गणना गरिन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : २६ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र