अर्घाखाँचीमा रायमाझी र भुसालबीच कडा टक्कर « Khabarhub

अर्घाखाँचीमा रायमाझी र भुसालबीच कडा टक्कर


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बुटवल – अर्घाखाँचीमा दुई पार्टीका केन्द्रीय स्तरका नेताबीच कडा चुनावी प्रतिष्पर्धा देखिएको छ। लगातार तीन पटक चुनाव जितेका एमाले सचिव टोपबहादुर रायमाझीसँग सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख एवं कांग्रेस नेतृ पुष्पा भुसाललाई मैदानमा उतारेको छ।

अहिले रायमाझी र भुसाल मतदाताका घरदैलोमा पुग्दा मतदाताले पनि विकासका लागि मौसिखक आश्वासन होइन, लिखित हस्ताक्षर नै गराउन थालेका छन्।

कांग्रेस नेतृ भुसाल छत्रदेव गाउँपालिकाको ठूलापोखरामा पुग्दा स्थानीयले ठुलापोखराको विकासका योजना १० बुँदामा प्रतिबद्धता जनाए मात्रै भोट दिने माग राखे। उनीहरुले पाँच वर्षसम्म गर्ने विकासमा मौखिक आश्वासनमा विश्वास गरेनन्। त्यसपछि लिखित हस्ताक्षर गराए।

उनीहरुको १० बुँदे मागमा वडाभित्रको सडकलाई स्तरोन्नती गर्दै व्यवस्थित र कालोपत्रे गरिदिनुपर्ने, यस क्षेत्रकै ठूलो चौवाटार सिचाइँ कुलो सम्पन्न भएकाले त्यसलाई मर्मत सुधारको माग राखेका छन्।

त्यस्तै कोकलचारे–सेट्टारी सिचाइ योजना, दुग्दी–सालबोट–बलीफाँट सिचाइ योजना, गुठी-अरटारी–फुल्ली र सानीखोली–तौवाखोला सिचाइ योजनामा बजेट पारेर सम्पन्न गर्ने प्रतिबद्धता भुसालले जनाइन्।

खेतबारीमा तटबन्ध, चौवाहको सरस्वती आधारभूत विद्यालयको भवन निर्माण, धार्मिक मठमन्दिर निर्माण गर्नेमा हस्ताक्षर गरेकी छन्।

सालबोट–कोटफेरा लिफ्टिङ खानेपानी, अशिदश चौवाह–उरामथुम लिफ्टिङ खानेपानी योजना, दुग्दी, धैरेनी–धरमपानी योजना निर्माण सम्पन्न गरी एक–घर एक धारा बनाइदिनुपर्ने र उपल्लो टिकुरी, तल्लो टिकुरी खानेपानी योजनामा मिटर जडान गर्नुपर्ने माग छन्।

जितेपछि पाँच वर्षभित्र यी काम सम्पन्न गरिदिन्छौं भनेर भुसाललाई मतदाताले लिखित हस्ताक्षर गराए।

रायमाझीलाई पनि विकासका मागमा लिखित प्रतिबद्धता गराउने स्थानीयिले बताएका छन्। उनले लगातार तीन पटक चुनाव जितेका छन्।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ०८ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न