सीमामा सुरक्षा व्यवस्था कडाइ, तालिम प्राप्त कुकुर परिचालन « Khabarhub

सीमामा सुरक्षा व्यवस्था कडाइ, तालिम प्राप्त कुकुर परिचालन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ ।

नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । उनका अनुसार मुख्य नाकामा विपद् व्यवस्थापन गुल्मका तालिम प्राप्त कुकुर, नेपाल प्रहरी र एवम् सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेका छन् । भारतबाट प्रवेश गर्ने पैदल यात्रुदेखि सवारी साधनको चेकजाँचमा कडाइ गरिएको छ ।

निर्वाचनलाई बिथोल्न विस्फोटक पदार्थ तथा साना हातहतियारको प्रयोग हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमानाकामा सुरक्षा सर्तकता बढाइएको प्रजिअ ढकालले बताए । मितेरी पुल, शंकराचार्य गेट तथा छपकैया, सिर्सिया छोटी भन्सार नाकामा तालिम प्राप्त कुकुर सहितको टोलीले नियमित गस्ती र चेकजाँच गरिरहेको छ उनले भने ।

नेकपा विप्लव लगायत केही साना राजनीतिक समूहले निर्वाचन बिथोल्ने निर्णय गरेको र विभिन्न ठाउँमा निर्वाचन बहिष्कार गरौँ भन्ने नारा सहित वालपेन्टिङ गरेका छन् । खुला सीमाको कारण बिष्फोट पदार्थ र साना हतियारको ओसारपसार हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्सा र बाराको सुरक्षा निकायले सतर्कता र निगरानी बढाएको प्रजिअ ढकालले बताए ।

निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विशेष सुरक्षा योजना बनाएर लागू गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । निर्वाचनमा कुनैपनि शंकास्पद गतिविधि हुन नदिन तीन वटै सुरक्षा निकायलाई विशेष चनाखो हुन निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । पर्सामा निर्वाचन अवधिभर करिव ४ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिनेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : १६ बजे

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा