खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री « Khabarhub

खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो । 

आसन्न ४ मङ्सिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री पठाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । निर्वाचन कार्यालयमा निर्वाचन सामग्री बुझ्ने र रुजु गर्ने मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी, सुरक्षाकर्मीको भीड लागेको छ।

पहिलो चरणमा दूरीका हिसाबले टाढा पर्ने बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका लगायतका पालिकाका मतदान स्थलका लागि निर्वाचन सामग्री पठाउन सुरु गरिएको हो । बुधबारसम्ममा सबै मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मतदान सामग्री बुझाइसकिने निर्वाचन कार्यालयले जनाएको छ । आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्दैछन् ।

यस्ता छन् निर्वाचन सामग्री 

निर्वाचन सामग्रीको सूचीमा सियोधागोदेखि पुरुष तथा महिला कार्ड, हातहतियार निषेध कार्ड, मोबाइल निषेध कार्ड, धूमपान निषेध कार्डलगायत छन् । मतदान केन्द्रमा स्टाम प्याड, स्टाम प्याड मसी, पर्मानेन्ट मार्कर, मार्कर पेन, स्केल मेटल, कैंची, ग्लुस्टिक, पञ्चिङ मेसिन, सोसर, प्लाष्टिक थैलो, प्लाष्टिक बोरा, दुई मिटर कोरा कपडा, कोरा कपडाको थैलो, चार पिस प्याकेट लाहा, १० पिस प्याकेट जेल पेन (कालो), चार पिस प्याकेट जेल पेन (रातो), स्टिच, स्टिच मेसिन पिन, परिचयपत्र कार्ड, परिचयपत्र प्लाष्टिक कभर, परिचय-पत्र डोरी, सेनीटाइजर, सर्जिकल मास्क, प्राथमिक उपचार सामग्री पठाइएको छ । 

यस्तै, पोलबुक, पुसपिन (प्याकेट), क्लिप पिन (प्याकेट), प्लाष्टिक सुतली, प्याकिङ टेप, नेपाली कागजको खाम, नेपाली खाम कपडा भएको, सेतो् कागज, रेकर्ड फाइल फित्ता सहित, धागो, सियो, निर्वाचन पोष्टर, मतपेटिका स्टिकर, भित्र कार्ड, बाहिर कार्ड, पुरुष कार्ड, महिला कार्ड, अन्य कार्ड, हातहतियार निषेध कार्ड, मोबाइल निषेध कार्ड, धूम्रपान निषेध कार्ड, मतदाता क्रम संख्या कार्ड, मतकेन्द्र कार्ड, मत संकेत गर्ने नमुना, अस्थायी मतदाता नामावली लगायतका सामग्री पठाइएको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ११ : ४२ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार