हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा « Khabarhub

हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिमकोट– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो । 

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा १२ सामान्य, २२ संवेदनशील र २४ मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिए । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले समग्र वस्तुस्थिति मूल्यांकन गर्दा ती मतदानस्थललाई सुरक्षा अतिसंवेदनशील र संवेदनशील ठहर गरेको हो ।

अतिसंवेदनशील ठहर गरेका गाउँपालिकाका २४ मतदानस्थलमा नाम्खामा पाँच वटा, सिमकोटमा चार वटा, खार्पुनाथमा दुई वटा, सर्केगार्डमा चार वटा, चङखेलीमा चार वटा, अदानचुलीमा एक वटा र ताँजाकोटमा चार वटा छन् । अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षाको व्यवस्था गरिएको बताइएको हो । मतदान कार्यका लागि सुरक्षाकर्मी पनि सोही अनुसार खटाइने छ । 

त्यसैगरी समितिले २२ वटा मतदानस्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरेको छ । संवेदनशील मतदानस्थलमा गाउँपालिका अनुसार नाम्खामा तीन वटा, सिमकोटमा दुई वटा, खार्पुनाथमा दुई वटा, सर्केगार्डमा चार वटा, चङखेलीमा चार वटा, अदानचुलीमा पाँच वटा र ताँजाकोटमा दुई वटा रहेका छन् । जिल्लाका १२ वटा मतदानस्थललाई भने सामान्य रुपमा वर्गीकरण गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : ३६ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र