नुवाकोटमा आएनन् पर्यवेक्षक « Khabarhub

नुवाकोटमा आएनन् पर्यवेक्षक


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– मङ्सिर ४ मा हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि पर्यवेक्षण गर्न नुवाकोटमा हालसम्म पनि कुनै सङ्घसंस्था तथा तिनका प्रतिनिधि आएका छैनन् । यसअघिका निर्वाचनमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न सङ्घसंस्था र तिनका प्रतिनिधिको आगमन भएकामा यो पटकको चुनावमा अहिलेसम्म कुनै पनि सङ्घसंस्था नआएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार निर्वाचन आयोगबाट अनुमति लिने क्रममा जिल्लाका लागि पनि पर्यवेक्षण गर्न सूचीकृत भएको सुन्नमा आए पनि अहिलेसम्म कुनै पनि सङ्घसंस्था तथा तिनका प्रतिनिधि नआएको तथा आउन अनुमति लिनेको सङ्ख्या शून्य छ ।

‘अघिल्लो चुनावमा पर्यवेक्षण गर्न आउनेहरुको सङ्ख्या धेरै भएर सङ्घसंस्थालाई तोकिएको सङ्ख्याका प्रतिनिधि मात्रै खटाउन भन्ने गरिएको थियो’, निर्वाचन अधिकारी गौतमले भने, ‘निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुन्छ तर अहिलेसम्म के भएर हो कुनै सङ्घसंस्था पनि आएका छैनन् ।’

पर्यवेक्षकको आवागमनले चुनावको प्रचारप्रसारदेखि मतपरिणाम घोषणासम्मको वस्तुस्थिति संकलन हुने र त्यसलाई प्रतिवेदन बनाएर सार्वजनिक गरिने भए पनि यो पटकको चुनावमा पर्यवेक्षण गर्न अहिलेसम्म सङ्घसंस्थाको रोजाइमा नुवाकोट देखिएको छैन ।

निर्वाचन पर्यवेक्षणका लागि सम्बन्धित सङ्घसंस्थाले आयोगबाट लिएको अनुमतिको लिखित जानकारी जिल्लामा गराएपछि उनीहरूको गतिविधिबारे जिल्ला निर्वाचन कार्यालयले सूचीकृत गर्नेदेखि प्रतिवेदनसमेत तयार गर्नु पर्दछ । पर्यवेक्षण गर्ने सङ्घसंस्थाले पनि पाएको तथ्यका आधारमा तयार गर्ने प्रतिवेदन जिल्लास्थित निर्वाचन कार्यालय वा आयोगको कार्यालयमा बुझाउनु पर्दछ । 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : ४३ बजे

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि