स्वतन्त्र उम्मेदवारको समर्थन कांग्रेसलाई « Khabarhub

स्वतन्त्र उम्मेदवारको समर्थन कांग्रेसलाई


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार गणेश जिसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । नेपाली कांग्रेसका संघीय उम्मेदवार अभिषेकप्रताप शाहलाई जिसीले समर्थन गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द केसीले जानकारी दिए ।

चुनावी अभियानलाई निष्क्रिय बनाई शाहलाई समर्थन गरेका पौडेलले विकास र समृद्धिको अभियानमा आफ्नो साथ कांग्रेसलाई रहेको जानकारी दिए । जिसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाइ शाहलाई समर्थन गरेसँगै कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ मा चुनावी प्रतिस्पर्धा झनै कडा हुने देखिएको छ । 

जिल्लाको यस क्षेत्रमा नेपाली कांग्रेसका शाह, नेकपा एमालेका मङ्गलप्रसाद गुप्ता र जनता प्रगतिशील पार्टीका ईश्वरदयाल मिश्रा, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरिया, जनमत पार्टीका नरसिंह चौधरी प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्। 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : ०९ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो