इजरायलमा हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला « Khabarhub

इजरायलमा हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायली पुरातत्वविद्हरूले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन् । उत्तरी इजरायलको हैफा नगर नजिकैको उशा पुरातात्विकस्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ ।

उम्मेयाद खलीफा वंशको मुसलमान शासनकाल सातौँ शताब्दीदेखि १३ औँ शताब्दीसम्म प्राचीन इजरायलमा त्यस्ता खेलौना लोकप्रिय रहेका प्राधिकरणले बताएको छ । मुसलमान अवधिको उत्तरार्द्धमा निर्मित खेलौनामाथि त्यतिबेला नै धार्मिक कारणले प्रतिबन्ध लगाइएको थियो ।

मुसलमान शासनकालमा गाई, ऊँट, बाख्रा वा भेडाका खुट्टाका हाडबाट खेलौना बनाइन्थ्यो । फेला पारिएको उक्त खेलौना कुन जनावरको हो भन्नेबारेमा प्राथिकरणले केही बताएको छैन । प्राकिरणका अनुसार उक्त कालमा खेलौना आमोदप्रमोदका निम्तिमात्र नभई शैक्षिक सामग्रीका रूपमा पनि बनाइन्थ्यो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : ४५ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो