'विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस्' | Khabarhub Khabarhub

‘विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस्’


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिन आग्रह गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १० दक्षिणकाली नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हलोमा भोट हालेर राप्रपा उम्मेदवारलाई निर्वाचित गर्न सहयोग गरेर विकृत राजनीतिको अन्त्यमा सहभागी हुन सबै मतदातालाई आग्रह गरे । 

काठमाडौंको बबरमहलसहितका क्षेत्रमा घरदैलो कार्यक्रम सकेर दक्षिणकाली पुगेका मिश्रले विकृत राजनीतिको चट्टान तोडेर देशको दीर्घकालीन हितका लागि हलोमा मतदान गर्न आग्रह गरेका हुन् । हलोमा मतदान गर्दा कांग्रेस, एमालेसहितका पार्टीका विकृत नेतृत्व प्रतिस्थापन भएर देशले नयाँ नेतृत्व पाउने उनको भनाइ छ । ‘यो पटक हलोमा भोट हाल्दा कांग्रेस-एमालेमा पनि विकृत नेतृत्व प्रतिस्थापन भएर नयाँ नेतृत्व विकासमा सहयोग पुग्छ र त्यसबाट देशको समग्र राजनीतिक सुधारमा सहयोग पुग्छ,’ मिश्रले भनेका छन् । 

काठमाडौं-१ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनको चुनावी प्रचारमा अभिनेत्री मनिषा कोइरालाले पनि साथ दिइरहेकी छन् । काठमाडौं-१ बाट कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेलसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : १९ बजे

एमाले कुनै मोर्चाको पक्षमा छैन : ईश्वर पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

लोकसभाको सातौं चरणको निर्वाचनमा ५८.३४ प्रतिशत मतदान

नयाँदिल्ली – लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन

म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि

म्याग्दी – गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ ले

किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै

सङ्खुवासभा –चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि

सुनसरीबाट हुन्डीको एक करोड रूपैयाँ बरामद

काठमाडौं – सुनसरीबाट प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड