‘विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस्’ « Khabarhub

‘विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस्’


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिन आग्रह गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १० दक्षिणकाली नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हलोमा भोट हालेर राप्रपा उम्मेदवारलाई निर्वाचित गर्न सहयोग गरेर विकृत राजनीतिको अन्त्यमा सहभागी हुन सबै मतदातालाई आग्रह गरे । 

काठमाडौंको बबरमहलसहितका क्षेत्रमा घरदैलो कार्यक्रम सकेर दक्षिणकाली पुगेका मिश्रले विकृत राजनीतिको चट्टान तोडेर देशको दीर्घकालीन हितका लागि हलोमा मतदान गर्न आग्रह गरेका हुन् । हलोमा मतदान गर्दा कांग्रेस, एमालेसहितका पार्टीका विकृत नेतृत्व प्रतिस्थापन भएर देशले नयाँ नेतृत्व पाउने उनको भनाइ छ । ‘यो पटक हलोमा भोट हाल्दा कांग्रेस-एमालेमा पनि विकृत नेतृत्व प्रतिस्थापन भएर नयाँ नेतृत्व विकासमा सहयोग पुग्छ र त्यसबाट देशको समग्र राजनीतिक सुधारमा सहयोग पुग्छ,’ मिश्रले भनेका छन् । 

काठमाडौं-१ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनको चुनावी प्रचारमा अभिनेत्री मनिषा कोइरालाले पनि साथ दिइरहेकी छन् । काठमाडौं-१ बाट कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेलसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : १९ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई